



केही दिन यता हाम्रो समाजमा झैझगडा, असन्तुष्टि र बिबादहरु भैरहेका छन । यस प्रकारका सामाजिक सद्भाव बिथोल्ने विवाद एवं झैझगडाहरु दाेहाेरिन नदिने बाताबरणका लागि स्थानीय तह, राजनीतिक दल, प्रहरी प्रशसन लगायत सम्बन्धित सराेकारवाला पक्षहरु सँग हार्दिक आग्रह छ ।
समाजमा एकलाई परेको बेला अर्कोले उद्दार भावले सघाउने, दुखबेदना बाडचुड गर्ने, एक ताउलाकाे भात, एक नाउलाकाे पानी खाएकाे याे समाज जिउदा जन्ती र मर्दा मलामी हाे । हामी बीचकाे कैयौं बर्ष पहिलेदेखिकाे आपसी प्रगाढ सम्बन्ध, भातृत्वभाव, सामाजिक सद्भाव र मेलमिलापमा कहि कतैबाट खलल पार्ने काम नहाेस भन्ने तर्फ सजग रहन जरुरी छ ।
हाम्राे समाज बहुजातीय, बहुलता र विविधताको जगमा एकताको उत्तम सद्भावबाट निरन्तर चलिरहेको छ ।
यो समाज परापूर्वकालदेखि अखण्ड सहअस्तित्व र सहकार्यद्वारा सामाजिक सद्भावलाई अक्षुण्ण राख्न सफल रहँदै आएको छ । सामाजिक मेलमिलापको यो अतुलनीय धरोहरलाई कायम राख्न नसक्ने हो भने हाम्रो समाजले ठुलो दुर्भाग्यको सामना गर्नु पर्नेछ ।
यही सामाजिक सद्भावलाई अाफ्ना सानातिना निश्चित स्वार्थका लागि खलबल्याउन अहिले राजनीतिक, जातीयता र समूहगत स्वार्थका कुराहरु उठान गरी घात–प्रतिघातको खेल चर्काइँदै छ । आफ्नो निजी स्वार्थलाई सर्वोपरी राखेर अर्काको अस्तित्व अस्वीकार गर्ने परिस्थिति निर्माण गर्न केही तत्त्व भगीरथ प्रयत्न गर्दै छन् ।
सहअस्तित्वको आधारमा खडा भएको सामाजिक जग भत्काएर आफ्नो कुत्सित अभीष्ट पूरा गर्न तम्सिएको तत्त्वदेखि सबै पक्ष सजग रहन जरुरी छ । जातीय, क्षेत्रीय, धार्मिक, सांस्कृतिक र भौगोलिक एकतामा भाँजो हालेर समाजलाई छिन्नभिन्न पार्दै समाजलाई कमजोर बनाई अाफ्नाे स्वार्थ सिद्ध गर्ने उद्देश्यअनुरूप यहाँ थुप्रै काम भइरहेका छन् ।
राजनीतिक, जातीय र सामाजिक हिंसा भड्काएर हाम्रो समाजलाई क्षति पुर्याउने र अाफु सधैं पञ्च लाग्ने नियोजित षड्यन्त्र अन्तर्गत केही व्यक्तिमार्फत सामाजिक सद्भाव बिथोल्न विभिन्न खालका उत्तेजनात्मक अभिव्यक्तिहरु उद्घोषण गर्न लगाइँदै छ । यसले हाम्रो समाजलाई सिंगो, सग्लो र अखण्ड रहन नदिने षड्यन्त्रपूर्ण खेल भइरहेको संकेत देखाउछ । यसप्रति हाम्रो समाजलाई एकतृत एबं शान्त राख्न चाहने सबै सचेत दाजुभाइहरुले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला भएको छ ।
यतिबेला जनताका समस्या समाधानका निम्ति गाउघरमै सरकारी सेवा प्रवाह हुनेगरी राज्यसंरचना निर्माण भै गाउगाउमा स्थानीय तहले कार्य गरिरहेकाे छ । याे समयमा ग्रामीण समाजलाई अआर्थिक समृद्धि तर्फ हिडाउने, जनताको चेतनास्तरबृद्दिमा जाेड दिने, जनताका अधिकारहरु सुनिश्चित गर्ने, जनताले दिएका सुझावहरु गम्भीरतापूर्वक अध्ययन गरि कार्यन्वयनमा जाेड दिने, जनताका असन्तुष्टिलाई थर्काएर हैन खुला मनले सम्बाेधन गर्ने, समाजलाई अनुशासित, मर्यादित एवं शान्त राख्ने जस्ता कुराहरुमा जनप्रतिनिधि, सामाजिक अगुवा एवं अन्य सराेकारवालाहरुकाे ध्यान केन्द्रित हुनु पर्छ ।
समाजमा अर्को पक्ष पनि छ भन्ने ठानेर काम गरियो भने त्याे न्यायिक हुन्छ नत्र भने एकतन्त्रीय शासन जसको अहंकार, अहंमता कारण सामाजिक सद्भाव बिथोल्ने गरि समाजमा झडपहरु सुरु हुन्छन् भन्ने कुरामा बिशेषतः जनप्रतिनिधि सजग रहनु पर्छ ।
एकले आफ्नो अधिकार स्थापित गर्दा वा गराउँदा अर्काको अधिकारको पनि उत्तिकै ख्याल गर्न सक्नुपर्छ । सामाजिक एकता एबं शान्तिलाई प्रभाव पार्ने विषयलाई हलुका ढंगले लिएर सामाजिक सद्भाव भड्काउने काम कोही कसैबाट हुनु हुँदैन । यो अवस्थामा समाजप्रेमी दाजुभाइले आफूबीचको सद्भाव, एकता र विश्वास कायम राख्न सचेत हुनुपर्छ । समाज रहे मात्र हामी रहनेछाैं । समाजमा एकता र सद्भाव रहे मात्र समाज रहनेछ । यसतर्फ सबैले सोच्न जरुरी छ ।
माेहन जंग मल्ल
हिमाली गाउपालिका -६ बाजुरा





फेसबुक प्रतिक्रियाहरु