होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विश्वकप छनोट खेल फेरि स्थगित
देश/प्रदेश

विश्वकप छनोट खेल फेरि स्थगित

  • नागरिक रैबार
विश्वकप छनोट खेल फेरि स्थगित

काठमाडौं : सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकप छनोटका बाँकी खेलहरू फेरि स्थगित भएको छ। कोरोना भाइरसको बढ्दो महामारीका कारण विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एसियन कपको समेत छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गरेको जनाएको छ।

यसअघि दोस्रोपटक सरेको छनोटका बाँकी खेल अक्टोबर र नोभेम्बरमा हुने तय भएको थियो। नेपालले अक्टोबर र नोभेम्बरमा हुने खेलका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ देखि सुरु गर्न लागेको थियो। प्रशिक्षण सञ्चालनका लागि एन्फाले खेलाडीको पीसीआर परीक्षणसमेत गरिसकेको छ।

अधिकांश देशले कोरोनाको बढ्दो संक्रमणका कारण छनोट खेल खेल्न नसक्ने बताएपछि फिफा र एएफसीले सन् २०२१ मा मात्र छनोट खेल खेलाउने निर्णय गरेका हुन्। कोरोनाका कारण अधिकांश देशले अन्तर्राष्ट्रिय आवागमनमा समेत प्रतिबन्ध गरेका छन्।

विज्ञापन

विश्वकप छनोट खेलअन्तर्गत नेपाल एसियाली देशको समूह ‘बी’मा छ। नेपालले समूहमा अब तीनवटा घरेलु खेल खेल्न बाँकी छ। यसअघि नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई, अक्टोबर १३ मा अस्ट्रेलिया र नोभेम्बर १२ मा जोडर्नसँग दशरथ रंगशालामा खेल्ने तालिका थियो। त्यसअघि चैतका लागि पनि तय भएको छनोट खेल कोरोनाकै कारण स्थगित भएको थियो।

नेपालले खेल्ने आठ खेलमध्ये यसअघि पाँच खेल खेलिसकेको छ। नेपालले यसअघिका खेलमा चाइनिज ताइपेईलाई मात्र २–० गोलले हराएको थियो। नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० र दोस्रो खेलमा १–० गोलले पराजित भएको थियो। नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो।

अहिले समूहमा १२ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ। कुवेत १० अंकसहित दोस्रो, १० नै अंक बनाएको जोर्डन तेस्रो, नेपाल तीन अंकसहित चौथो र अंकविहीन चाइनिज ताइपेई पुछारमा छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि