होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मन्त्रिपरिषद् निर्णय : प्रधानमन्त्री अ‍ोलीको सम्पूर्ण पारिश्रमिक कोरोना नियन्त्रण कोषमा
समाचार

मन्त्रिपरिषद् निर्णय : प्रधानमन्त्री अ‍ोलीको सम्पूर्ण पारिश्रमिक कोरोना नियन्त्रण कोषमा

  • नागरिक रैबार
मन्त्रिपरिषद् निर्णय : प्रधानमन्त्री अ‍ोलीको सम्पूर्ण पारिश्रमिक कोरोना नियन्त्रण कोषमा

काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री अ‍ोलीको सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यस्तै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ । २०७७ कात्तिक देखि चैतसम्मको तलब कोषमा जम्मा हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो ।

न्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द

यसैगरी अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । यसअघि कात्तिक ३० सम्म सीमानाका बन्द गर्ने निर्णय गरेको सरकारले संक्रमणको दर बढ्दै गएकाले मंसिर ३० सम्म कायम गरिएको उहाँले बताउनुभयो । तर नेपाल आउनैपर्नेहरुको हकमा सरकारले तोकेका स्थानबाट प्रवेश गर्न पाइने छ ।
यसैगरी विदेशमा अलपत्र नागरिकको हकमा अब उद्दार उडान नहुने भएको छ । कोभिडका कारण विदेशमा अलपत्र १ लाख ३६ हजार २१६ जनालाई उद्दार गरी स्वदेश फर्काइएको उल्लेख गर्दै उहाँले अब नेपाल आउनै पर्ने नागरिकहरुको हकमा नियमित उडानबाट ल्याउने व्यवस्था मिलाउने बताउनुभयो ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरु सुरु गर्न अनुमति दिएको छ । ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण सुरु गर्न, फुटबल, क्रिकेट लगायतका खेलहरुको अन्तर्राष्टिय स्तरमा सहभागिता जनाउन सरकारले अनुमति दिएको हो ।

यस्तै मैत्रिपूर्ण खेलहरु आयोजना गर्न, स्थगित रहेका फटलब डिभिजनका खेलहरु सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिताका लागि प्रशिक्षण लगायतका तयारी गर्न पनि सरकारले स्वीकृति दिएको उहाँले बताउनुभयो ।

यस्तै मल कारखाना स्थापनाका लागि अर्थमन्त्रीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र कृषि तथा पशुपंछी विकास मन्त्रीसहितको ती सदस्य रहेको समितिले अध्ययन गर्ने भएको छ । बंग्लादेशबाट जीटुजी माध्यमबाट मल खरिद गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सबै संघीय र प्रदेश कार्यालयहरुमा विद्यूतिय सरकारी लेखा प्रणाली र संघ र र पदेशका सबै कार्यालयहरु तथा स्थानीय तहमा सार्वजनिक सम्पत्ति व्यवथापन प्राणाली लागु गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो ।

यसैगरी बलात्कारपछि हत्या गरिएकी सम्झाना कामीको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयाता दिने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । किजा पूजाको अवशरमा मंसिर २ गते सर्वाजनिक विदा दिने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै