होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • छिमेकी नै दुश्मन : सात वर्षदेखि जातीय विभेदको सिकार दलित परिवार
देश/प्रदेश

छिमेकी नै दुश्मन : सात वर्षदेखि जातीय विभेदको सिकार दलित परिवार

  • नागरिक रैबार
छिमेकी नै दुश्मन : सात वर्षदेखि जातीय विभेदको सिकार दलित परिवार

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुरका कमल ठडराईले २०७० सालमा आफ्नै जग्गामा पनि सहजै घर लगाउन पाएनन् । आफ्नै जग्गामा घर बनाउने योजना बनाउदानै उनले जातीय विभेदको सामना गर्नुपर्यो । घर बनाउनका लागि उनले आधा कट्टा जमिन किनेका थिए । जग्गासंगै छ माया नेगीको घर ।

घर बनाउन खोज्दा उनै माया नेगीले अवरोध गरिन् । त्यो बेला माया नेगीले कमललाई भनिन्, ‘यो जग्गामा घर नबनाउ, मेरो घर संगै भएकाले छुवाछुत हुन्छ, बरु यो जग्गा मलाई बेच ।’ त्यो बेला सो जग्गामा मायाले नै तरकारी लगाएर प्रयोग गरिरहेकी थिइन् । पछि कमल आएर घर लगाउँछु जग्गा खाली गर्नुपर्यो भनेर अनुरोध गरे । उल्टै जातीय विभेद हुने गरि मायाले अवरोध सृजना गरिन् । गालीगलौज गरिन् ।

आफ्नै जग्गामा पनि घर लगाउन अवरोध भएपछि कमलले २०७० कार्तिक ३ गते टोल विकास समितिमा उजुरी दिए । टोल विकास समितिले मिलापत्र गराएर वातावरण सहज बनायो । कमलले पनि आफ्नो जग्गामा घर लगाउन पाए ।

विज्ञापन

तर, यो क्रम यतिमै सीमित रहेन । कमलले घर लगाउन पाएपनि माया नेगीले गर्ने व्यवहारमा परिवर्तन आएन । पटक–पटक मानसिक यातना दिने गरेर जातीय विभेद हुन थाल्यो । माया नेगीले आफ्नो घरको बाटो भएर हिड्न पनि नदिने अवस्था सृजना भयो । मायाले मेरो सासु देवता काप्ने छन्, तिमीहरुको खानपान ठिक छैन, मेरो घरको बाटा भएर हिँड्न डिस्टर्ब हुन्छ भन्न थालिन् । डुम, चमारलगायतका होच्याउने शब्द बोल्दै दलित परवारमाथि विभेद हुन थाल्यो ।

बाटोमा पनि हिड्ने वातावरण नबनेपछि कमलले २०७२ वैशाख ४ गते फेरि जातीय विभेद भएको भन्दै आवश्यक कारबाहीका लागि टोल विकास समितिमै निवेदन दिए । त्यो बेला पनि माया नेगीलाई बोलाएर मिलापत्र गरियो । तर, समितिमा मिलापत्र हुने र फेरि घरमा आएर माया नेगीले दलित परिवारमाथि गर्ने अभद्र व्यवहार गर्नेक्रम रोकिएन ।

मानसिक यातना दिने गरि कमलको परिवारमाथि जातीय विभेद हुने गालीगलौजलगायतका गतिविधि हुन थाल्यो । ‘तिमीहरुको अनुहार पनि नदेखियोस् भनेर घरमा वाल लगाएको र अब वालमा पनि नछुनु’ भनेर गाली गलौज भएपछि कमलले फरि ठीक दुई वर्षपछि २०७४ कार्तिक १६ गते टोल विकास समितिमै मायाविरुद्ध कारबाहीका लागि निवेदन दिए । यो बेला पनि मिलापत्र नै भयो ।

समितिमा गल्ती स्वीकार गर्ने र मिल्न सहमती जनाउने मायाको व्यवहारमा परिवर्तन भएन ।
अहिले फेरि माया नेगीविरुद्ध कारबाही गरिपाउँ भनेर कमल ठडराईको श्रीमती विमला ठडराईले सोही टोल विकास समितिमै अन्तिम पटक भनेर यही भदौ १४ गते निवेदन दिएकी छन् । पटक पटक निवेदन दिएर मिलापत्र हुँदै आएपनि मायाको व्यवहारमा परिवर्तन नआएको भन्दै अन्तिम पटक भनेर कारबाहीका लागि निवेदन पेश गरिएको छ ।

टोल विकास समितिमा निवेदन परेपछि समितिका अध्यक्ष सुन्दर नेपालीको अध्यक्षतामा बसेको बैठकले आवश्यक छानविन तथा छलफलका लागि माया नेगीलाई बोलाउने निर्णय बुधबार नै गरेको छ ।

प्रहरीले उजुरी नलिएको आरोप
छिमेकीबाटै सात वर्षदेखि जातीय विभेद भएको भन्दै प्रहरीमा उजुरी दिन खोज्दा पनि उजुरी नलिएको पीडितले गुनासो गरेका छन् । बिमला ठडराईले अघिल्लो बुधबार नै प्रहरीमा उजुरी दिन खोज्दा अहिलेसम्म लिन नमानेको बताइन् ।

उनले अहिले घटनालाई अर्कैतर्फ मोड्ने प्रयास पनि भइरहेको बताइन् । ‘घरमा रक्सी बनाउँछन्, होहल्ला गर्छन् भनेर घटना मोड्न खोजिएको छ’ उनले भनिन्, ‘घरमा आफू खानका लागि पनि त जाँड रक्सी बनाउँछन् । सुरुमै घर लगाउननै नपाएको अवस्था थियो ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार