होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • काँग्रेस डडेल्धुराद्वारा पत्रकारमाथि गरिएको आक्रमणको भत्सर्ना
अपराध

काँग्रेस डडेल्धुराद्वारा पत्रकारमाथि गरिएको आक्रमणको भत्सर्ना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
काँग्रेस डडेल्धुराद्वारा पत्रकारमाथि गरिएको आक्रमणको भत्सर्ना

नेपाली काँग्रेस डडेल्धुराले दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि गरिएको कुटपिटको भन्सर्ना गरेको छ। प्रदेश सभा सदस्य तथा काँग्रेस डडेल्धुराका सभापति कर्णवहादुर मल्लद्वारा जारी विज्ञप्तीमा घटनाको भत्सर्ना गरिएको हो।

‘सुदूरपश्चिमकै स्थापित एफएम दिनेश संचार गृहमा अराजक शैलीले सह–सम्पादक जनक बिष्ट लगायतका पत्रकारहरुमाथि गरेको सांघातिक आक्रमणको घटनाप्रति नेपाली काँग्रेस डडेल्धुराको गम्भीर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तीमा भनिएको छ।

सांघातिक रुपमा भएको हमला सुन्दा स्तब्ध भएको विज्ञप्तीमा उल्लेख छ। ‘संचार गृहभित्र प्रवेश गरि संचारकर्मीहरुमाथि आक्रमण गर्ने यो घटना पूर्णरूपमा निन्दनीय हो। कुटपिटमा संलग्न व्यक्तिहरुलाई यथासिघ्र कानुनी दायरामा ल्याउँदै कारवाहीको माग गर्दछौँ।’ मल्लद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै