होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रहरी हिरासतमा युवकको मृत्यु : छानबिन समिति गठन
देश/प्रदेश

प्रहरी हिरासतमा युवकको मृत्यु : छानबिन समिति गठन

  • नागरिक रैबार
प्रहरी हिरासतमा युवकको मृत्यु : छानबिन समिति गठन

धनगढी — जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक युवकको शुक्रबार बिहान मृत्यु भएको घटना छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका एसपी राजीव बस्नेतको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनको म्याद दिइएको एसपी बस्नेतले बताएका छन् ।

चोरीको अभियोगमा चार दिनअघि भदौ २२ गते धनगढी ५ का १९ वर्षीय रोशन विकलाई पक्राउ गरी प्रहरीले थुनुवा कक्षमा राखेको थियो । शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्टले ती युवाले शौचालयभित्र झुन्डिएर आत्महत्या गरेको बताएका थिए ।

रोशनले हिरासतमा रहेकै बेला आत्महत्या गरेको खबर बाहिरिएसँगै उनका आफन्तहरु आक्रोशित भएका थिए । आक्रोशित समूहले सुरुमा समाचार प्रकाशन गर्ने धनगढीस्थित दिनेश एमएफएमको कार्यालयभित्रै पसेर सञ्चारकर्मीहरुमाथि हातपात गरेका थिए । त्यसपछि उत्तेजित समूहले जिल्ला प्रहरी कार्यालयको गेटमा गएर रोशनको मृत्यु आत्महत्या नभई हत्या भएको भन्दै केहीबेर नाराबाजी गरेका थिए । अवस्था नियन्त्रण बाहिर जाने अवस्था आएपछि प्रहरीले छानबिन समिति गठन गरेको हो ।

विज्ञापन

मृतकका बुवा टेकबहादुरले प्रहरीले आत्महत्या गरेको बताए पनि उनको अनुहारभरि निलडाम र चोटपटक देखिएकोले आत्महत्या नभई कुटपिटबाट हत्या गरिएको बताए । उनले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका थिए ।

प्रहरीले छानबिन समिति गठन गरेपछि शुक्रबार साँझ नै पोस्टमार्टमपछि परिवारले शव बुझेका छन् । मृतकका बुवाले ‘घटनाको सत्यतथ्य छानबिन गरी पाऊँ’ भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टले बताए । विष्टका अनुसार मृतकका बुवाले सँगै पक्राउ परी हिरासतमा रहेका ब्यक्तिहरुसँग सोधपुछ गरेका थिए ।

सञ्चारकर्मीमाथि आक्रमणको चौतर्फी विरोध

स्थानीय युवाहरुको एक समूहले शुक्रबार धनगढीस्थित दिनेश एफएमको कार्यालयभित्र प्रवेश गरेर पत्रकारहरुमाथि कुटपिट गरेको घटनाको पत्रकारलगायत मानवअधिकार संघसंस्थाहरुले विरोध गरेका छन् ।

नेपाल पत्रकार महासंघ, राष्ट्रिय मानवअधिकार आयोग, इन्सेकलगायत संघसंस्थाहरुले सञ्चारगृहभित्रै प्रवेश गरेर सञ्चारकर्मीमाथि आक्रमण गरिएको घटनाको विरोध गरेका हुन् । उनीहरुले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।

‘धनगढी–५ का कुबेर खड्का, प्रमोद खड्का, जीवन विकेलगायत १५/२० जना युवाको समूह एक्कासि सञ्चार गृहभित्र प्रवेश गरेर हामीहरुमाथि अन्धाधुन्ध प्रहार कुटपिट गरे,’ स्टेशन म्यानेजर अमिता कुँवरले भनिन्, ‘समाचार तुरुन्त डिलिट गर भन्दै समाचार कक्षभित्र हमला गरे । सुरुमा त हामीले कुरै बुझेनौं ।’ उक्त समूहले स्टेशन म्यानेजर कुँवर, प्राविधिक कल्पना सिंहमाथि दुव्र्यवहार गर्नुका साथै सहायक सम्पादक जनकसिंह बिष्टमाथि कुटपिट गरेको समाचार प्रमुख नवराज पनेरुले बताए ।

दिनेश सञ्चार गृहद्धारा सञ्चालित दिनेश एफएम र दिनेश खबर डटकमले शुक्रबार बिहान ‘धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ शीर्षकको समाचार प्रसारण तथा प्रकाशन भएको थियो । मृतकका आफन्तले ती युवकको मृत्यु आत्महत्याबाट नभई कुटपिटबाट भएको दाबी गरेका छन् । सञ्चारगृहमा गएर आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गरिने प्रहरी उपरीक्षक अनुपशमशेर जबराले बताएका छन् । उनले संलग्नहरुको खोजी भइरहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार