होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपाली फुटबलरको कोरोना परीक्षण सम्पन्न
देश/प्रदेश

नेपाली फुटबलरको कोरोना परीक्षण सम्पन्न

  • नागरिक रैबार
नेपाली फुटबलरको कोरोना परीक्षण सम्पन्न

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३४ जना खेलाडीसहित ५४ जनाको कोरोना परीक्षण गराएको छ । मंगलबार एन्फाले पाटन अस्पतालमा २३ जना खेलाडीसहित २९ जनाको कोरोना परीक्षण गराएको हो ।

सोमबार ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण गरिएको थियो । अब बाँकी १६ जनाको कोरोना जाँच केही दिनमा हुने टिम व्यवस्थापक मधुसुधन उपाध्यायले बताए ।फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत संयुक्त छनोटको बाँकी खेलका लागि एन्फाले अभ्यास सुरु गर्नु पहिले एन्फाले कोरोना जाँच गराएको हो ।

एन्फाले फागुनमा विश्वकप छनोटको अभ्यास सुरु गरेको थियो । तर, कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले खेल गतिविधि बन्द गर्न भनेपछि स्थगित भएको थियो । तर, अहिले एन्फाले भदौ १ गतेदेखि अभ्यास सुरु गर्ने तयारी गरिरहेको छ । तर, १ गते नै अभ्यास सुरु हुनेमा भने आशंका छ ।

विज्ञापन

कोरोना जाँच गराएका खेलाडी

तेज तामाङ, विकेश कुथु, आशिस लामा, अजित भण्डारी, एरिक विष्ट, सेसेहाङ आङ्दम्बे, विक्रम लामा, अमत तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अभिषेक रिजाल, सुवास गुरुङ, अनन्त तामाङ, सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, विकास खवास, जर्ज प्रिन्स कार्की, सुजल श्रेष्ठ ।

अफिसियल
मधुसुदन उपाध्याय टिम म्यानेजर
कृष्णभक्त मानन्धर
विकास मल्ल गोलकिपिङ कोच
विवेक सुवेदी मिडिया
युजल श्रेष्ठ मिडिया
राजु डंगोल ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि