काठमाडौं, २६ भदौ । कोरोना भाइरस (कोभिड—१९) बाट आज थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ जना महिलाको मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङमा ४० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै महोत्तरीमा ६५ वर्षिय, धनुषामा ४५ वर्षिय, काठमाडौंमा ७० वर्षिय र नवलपरासीमा ५५ वर्षिय पुरुषको मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।
फेसबुक प्रतिक्रियाहरु