होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतमा एकैदिन कोरोनाबाट १२ सयभन्दा बढीको मृत्यु
समाचार

भारतमा एकैदिन कोरोनाबाट १२ सयभन्दा बढीको मृत्यु

  • नागरिक रैबार
भारतमा एकैदिन कोरोनाबाट १२ सयभन्दा बढीको मृत्यु

२६ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन एक हजार २०९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७६ हजार २७१ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९६ हजार ५५१ नयाँ संक्रमित थपिएका छन् । एकैदिन थपिएका नयाँ संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । नयाँ संक्रमित संख्यामा भारतले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ । अघिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ लाख ६२ हजार ४१५ पुगेको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ४२ हजार ६६४ संक्रमित निको पा डिस्चार्ज भइसकेका छन् । अझै नौ लाख ४३ हजार ४८० संक्रमित निको हुन बाँकी छन् । भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेको मुलुक हो । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा भने भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार