होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुरामा थपिए १८ जना कोरोना संक्रमित
समाज

बाजुरामा थपिए १८ जना कोरोना संक्रमित

  • नागरिक रैबार
बाजुरामा थपिए १८ जना कोरोना संक्रमित

बाजुरा : बाजुरामा एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन् । धुरालसैन मावि क्वारेन्टाइनमा बसेका मध्ये १७ जना र १ जना त्रिवेणी नगरपालिकाका गरि १८ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वाब संकलन गरि जेष्ठ १९ गते पठाइएको थियो । नमुना जाँचका लागि स्वाब पठाएको ११ दिन पछि धनगढी प्रयोगशालाबाट रिपोट आएको हो । पीसिआर जाँचमा बुढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविको क्वारेन्टाइनमा बसेका मात्र १७ जनामा संक्रमण देखिएको छ । धुरालसैनमा बसेका सहीत १ सय ८७ जनाको स्वाब संकलन गरि एकै दिन पठाईएको थियो ।

धुरालसैन क्वारेन्टाइनमा बसेकी २ वर्षकी बालिकाको कोरोना कै कारण यस अघि नै ज्यान गइसकेको छ । भने मृत बालिकाकी २३ वर्षकी गर्भवती आमा संक्रमित भएर उपचार गराईरहेकी छन् । उनको जिल्ला अस्पातल बाजुराको आइसोलेशन कक्षमा उपचार भईरहेको छ ।१७ जना सबै बुढीग‌गा नगरपालिकाकै रहेको बुझिएको छ ।

कोरोना संक्रमित देखिएका त्रिवेणी नगरपालिकाका पुरुषको भने सेती प्रादेशीक अस्पतालमा उपचार भईरहेको छ । आरडीटीमा पोजेटिभ देखिएपछि एक दिन पहिलो मात्र बाजुराबाट उनकी श्रीमति सहीत धनगढी पठाईएको थियो ।

भारतबाट आएका ५० वर्षका ती पुरुषमा सन्तान, श्रीमतिलाई पनि आरडीटी जाँचमा पोजेटिभ देखिएको थियो । हिजोसम्म ७९ जनाको पिसिआर जाँच गर्दा रिपोट नेगेटिभ आएको थियो । विहीबार गरिएको थप जाँचमा १८ जना देखिएको जानकारी आएको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।

जिल्लाबाट हालसम्म २ सय ५४ जनाको स्वाब संकलन गरि पठाइएको छ । कोरोना देखिएपछि १८७ जनाको एकै दिन क्वारेन्टाइनमा सँगै बसेका र भारतबाट सँगै आएकाहरुको स्वाब संकलन गरि पठाईएको थियो भने बाँकी आरडीटी जाँचमा पोजेटिभ देखिएकाहरु हुन् ।

पीसीआर जाँचका लागि एउटै मेसिन भएकोले ढिलाई भइरहेकै कारण अन्यको जाँच प्रक्रिया जारी रहेको छ । भारतबाट आएकाहरु धेरै भएकोले आरडीटी जाँचमा पोजेटिभ देखिएका अधिकांशमा पोजेटिभ देखिन सक्ने संभावना रहेको स्वास्थ्य कर्मीको भनाई छ ।

सँगै बसेका मध्ये केहीमा पीसीआर पोजेटिभ देखिएपछि थप समस्या देखिएको छ । स्वाब संकलन पछि पनि अधिकांश सँगसँगै बसेको भन्ने बुझीएको छ । जिल्लामा एकसाथ १८ जना थपिएपछि उपचार तथा आइसोलेशन कक्षको समेत व्यवस्थापनमा समस्या हुने देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ हप्ता अगाडि