नागरिक रैबार/बाजुरा २९ जेठ। बडीमालिका नगरपालिका ९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । कार्यक्रममा वडा भित्रका ३५ जनाले जना युुवाले २० दिनको रोजगारी पाएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बडीमालिका ९ का लागि यसवर्ष ५ लाख २५ हजार रकम बराबको बजेट आएको बताईएको छ । विहिबार एक कार्यक्रमका वीच ९ का वडा अध्यक्ष विनोद कुमार विकले दैयारा तटबन्धनको सिलानास गरेर कार्यक्रमको सुरु गरेका छन् ।
बडीमालिका नगरपालिकामा रहेका बेरोजगारलाई रोजगारी प्रदान गर्न संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत यस वर्ष बडीमालिका नगरपालिका ४४ लाख ९३ हजार बजेट पठाएको बडीमालिका नगरपालिकाकी रोजगार संयोजक प्रमिला थापाले बताईन् ।
स्थानीय तहले स्वरोजगार फारम भरेको आधारमा चालु आर्थिक वर्षमा बडीमालिका नगरपालिकाका ९ वटै वडाका २ सय १० जना अतिविपन्न वर्ग छनौट गरिएको रोजगार संयोजक थापाले बताईन् ।
कार्यक्रममा छनौट भएकाहरुलाइ नगरपालिका भित्र सडक, सिचाई र खानेपानीको विकास, तटबन्धन निर्माणको काममा लगाईने भएको छ ।
फेसबुक प्रतिक्रियाहरु