होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्दै नेकपा
देश/प्रदेश

तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्दै नेकपा

  • नागरिक रैबार
तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्दै नेकपा

तनहुँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी तनहुँले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको हालै सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी चैत १ गतेदेखि जेठ मसान्तसम्म पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा उत्साह भर्न र जनतासँगको सम्बन्धलाई सुमधुर बनाउन सुदृढीकरण अभियान सञ्चालन गर्न लागिएको पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देलले जानकारी दिए । उनका अनुसार अभियानका क्रममा वडास्तरसम्म भेला, बैठक, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ । सुदृढीकरण अभियानका क्रममा पार्टी एकता तथा सरकारले गरेका राम्रा कामको प्रचारप्रसारसमेत गराइनेछ ।

बैठकले मिर्गौला प्रत्यारोपण गराउनुभएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै कोरानो भाइरसविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष सिग्देलले बताए ।

विज्ञापन

नेकपा गण्डकी प्रदेश सहइन्चार्ज एवं पार्टीका स्थायी कमिटी सदस्य किरण गुरुङले अभियानलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न आग्रह गरे । पार्टी र सरकारको विषयमा विपक्षीले फैलाएको भ्रम चिर्दै जनतामा सत्यतथ्य सूचना प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।

नेकपाका केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज हरिबहादुर चुमानले जिल्लाका १० वटै स्थानीय तहमा सुदृढीकरण अभियानलाई प्रभावकारीरूपमा सञ्चालन गरिने जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै