होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • जीवन-मरणको दोसाँधमा धनगढीकी वसन्ती
स्वास्थ्य-जीवनशैली

जीवन-मरणको दोसाँधमा धनगढीकी वसन्ती

  • नागरिक रैबार
जीवन-मरणको दोसाँधमा धनगढीकी वसन्ती

धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा ‘सी’ गाउँकी वसन्ती कुमारी ढाँट । उमेर जम्मै १९ वर्ष । खेल्ने, कुद्ने, रमाइलो गर्ने यौवनले भरिएको जोसिलो उमेर । सुनौलो जीवनको रुपरेखा कोर्ने उमेर । तर उनी हाल जीवनमरणको दोसाँधमा छिन् । कलिलो उमेरमै शरीरको एउटा मृगौला खराब भएपछि जीवनको सप्तरंगी आयामहरुको कल्पना गर्दै रातदिन आँश्रुधारा चुहाइरहेका छिन् ।

गहभरी आँसु झार्दै उनले भनिन् ‘एउटा मृर्गाैला खराब भएको भन्छन्, वीर अस्पतालले अप्रेशन गर्न भनेको छ । तिहारपछि अप्रेशनको तयारीमा आउन भनेको छ । तर भएको पैसा पहिलै खर्च भैसक्यो । अहिले हामीसंग पैसा छैन् ।’

चिकित्सकका अनुसार उनको मृगौलामा पीप भरिएको छ । मृगौलामा इन्फेक्सन भएको छ । मृगौलाको शल्यक्रिया वा प्रत्यारोपण गर्न भनिएको छ । तर उनको परिवारसंग पैसा नहुँदा उनको उपचारमा समस्या थपिएको हो ।

विज्ञापन

कैलाली बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत उनी १ वर्षदेखि थलिएकी छिन् । भन्छिन, ‘४ वर्ष पहिले पत्थरीको उपचारका लागि भारत गएकी हुँ । बुवा उतै काम गर्ने भएकाले मुम्बईको तेन्ना हस्पिटलमा उपचार भयो । अप्रेशनपछि घर फर्किए । पहिले सन्चो नै थियो । तर पछि पेट दुख्न सुरु भयो । यताका धेरै अस्पतालहरुमा गए । पत्थरी भनिएको थियो । तर सन्चो भएन् ।’

उनको परिवारजनले उनको उपचारको लागि भारतका विभिन्न अस्पताल धाइसकेका छन् । त्यसक्रमा उनको बुवाले गाउँकै आमा समूहबाट ऋण लिएका लिए ।

भारतमा भण्डै साढे १ लाख खर्चेर उपचारपछि उनलाई १ वर्षसम्म सन्चो भयो । उनको मनमा खुशी थियो । बुवाले ऋण गरेर पनि भारतमा औषधी गराएको भन्दै उनी दंग थिइन् । तर उनको त्यो खुशी वर्षदिन टिकेन ।

उपचार नगराएकोअस्पताल बाँकी छैन
भारतबाट फर्किको १ वर्ष नहुँदै पुनः पेट दुखाइ सुरु भयो । सहन नसकेपछि उनी २०७६ असोज ८ गते धनगढीको सारथी अस्पतालमा भर्ना भइन् । अस्पतालले उनको उपचार ग¥यो । तर सन्चो भएन् । पुनः गत बैसाख १५ गते सोही अस्पतालमा गइन् । अस्पतालले उपचार गर्न नसक्ने बताएपछि उनी सेती प्रादेशिक अस्पताल गइन् । तर अस्पतालले बाहिर लैजान सुझाव दिएको उनको बुवा दिलबहादुर ढाँटले बताए । तर बैसाख १५ गते नै निर्सग अस्पताल धनगढीले उनलाई भर्ना लियो । निर्सगमा पनि सारथीका जस्तै परीक्षण सुरु भयो । तर निर्सगमा पनि सन्चो भएन् ।

धनगढीकै माया मेट्रो अस्पतालमा असार १९ गते भर्ना भईन् । माया मेट्रो अस्पतालमा पनि उपचार सम्भव नभएको भन्दै बाहिर लैजान सुझाव दियो । उनको परिवारजनले बैसाख १६ गते नेपालगञ्ज मेडिकल कलेज लग्यो । उनी अस्पतालमा भर्ना भइन् । अस्पतालका चिकित्सकहरुले मृगौलामा पीप भरिएको भन्दै पाइप राखि दिए । उनीहरुले मृगौलामा इन्फेक्सन समेत भएको बताएका थिए । तर अप्रेशन भने गरेनन् । १ महिनापछि पुनःउपचारका लागि आउन भन्दै घर पठाए । तर बसन्तीलाई सन्चो भएन् ।
उनको मेडिकल रिपोर्ट अनुसार उनलाई पुनः असार २२ गते नेपालगञ्ज लगियो । उनको मृगौला सुकेको छ । आकार सानो देखिएको छ । उनीहरुलाई घर पठाइयो । सन्चो नहुँदै घर फर्किएकी बसन्तीको मुखबाट रगत समेत आउन थालेपछि असोज २ गते धनगढीकै कैलाली अस्पताल भर्ना गरियो । तर अस्पतालले शल्यक्रियाका लागि वीर अस्पताल काठमाण्डौ लैजान सुझाव दिएको छ ।

छोरीलाई काठमाण्डौं लैजान उनका बुवा दिलबहादुरले रकम जोहो गर्न रातदिन लागेका छन् । तर उपचारमा लाग्ने भनिएको रकम जुटाउन नसकेपछि उनका बुवा निराश छन् ।

धनगढीका केही युवाहरुले रकम संकलन गरेर उनलाई उपचारका लागि पहिलो पल्ट काठमाण्डौ पठाए । तर वीर अस्पतालमा १ कोरोना संक्रमितको मृत्युपछि मृतकका आफन्तले आन्दोलन चर्काएपछि वसन्तीको शल्यक्रिया हुन पाएन । तर आउन जान र त्यहाँ बस्दा जसो तसो जुटाएको पैसा सकियो ।

उनका बुवा दिलबहादुरले भने, ‘काठमाण्डौ लैजान रकम थिएन् । युवाहरुले आर्थिक सहयोग गरेपछि हामी काठमाण्डौ गयौ । वीर अस्पतालमा शल्यक्रिया बन्द भएको रहेछ । तिहारपछि मात्र शल्यक्रिया हुने भनेपछि धनगढी आएका हौ । शल्यक्रियाका लागि २ लाख ५० हजार चाहिने भनेका छन् । मृगौला प्रत्यारोपणका लागि १० लाख । तर हामी संग पैसा छैन् ।’

गाउँको आमा समूहबाट पहिलै १ लाख ५० हजार सापटी लिएका उनीहरु संग अहिले फिर्ता गर्ने स्रोत छैन् । तिहार लगत्तै बसन्तीलाई वीर अस्पताल लैजानु छ । पैसाको स्रोत छैन ।

अब त दिलबहादुरलाई छोरीको ज्यान बचाउँन सक्छु भन्ने आशा समेत गुमेको छ । ५ धुरमा रहेको सानो घर पनि सहकारीमा धितो छ । सहकारीबाट घर–जग्गा धितोमा राखेर अर्की छोरीको विवाह गराएका उनले भारतमा कमाएर ऋण तिर्ने योजना बनाएका थिए । तर छोरी वसन्तीको मृगौलामा पत्थरी भएपछि उनको योजना सफल भएन् ।

सहकारीको ऋण तिर्न पाएका छैनन् । समूहको पनि बाँकी छ । मासिक ब्याज बुझाउँन बाँकी नै रहेको उनी दुखेसो सुनाउँछन् ।

चिउँदो मुसार्दै, अँध्यारो मुख पार्दै दिलबहादुर भन्छन् ‘हेरौ, छोरीको भाग्य कस्तो छ ? यसको ज्यान भगवानकै हातमा छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार