होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा विवाद : प्रधानमन्त्रीसँग कार्यदलका सदस्यहरुले छलफल गर्ने
समाचार

नेकपा विवाद : प्रधानमन्त्रीसँग कार्यदलका सदस्यहरुले छलफल गर्ने

  • नागरिक रैबार
नेकपा विवाद : प्रधानमन्त्रीसँग कार्यदलका सदस्यहरुले छलफल गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद समाधान गर्न भदौमा गठन गरिएको ६ सदस्यीय कार्यदलका सदस्यहरुसँग छलफल गर्ने भएका छन् ।
त्यसका लागि अध्यक्ष ओलीले सोमबार दिउँसो १२ बजे सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।

‘प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफलका लागि हामी १२ बजे बालुवाटार जाँदैछौ’, कार्यदल सदस्य तथा नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले भने, ‘भेटमा नेकपाभित्र देखिएको समस्या र समाधानको बाटो खोज्न पहल गर्नेछौ ।’

गत साउनमा पार्टी विभाजनको संघारमा पुगेपछि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलको सुझावका आधारमा भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका निर्णय कार्यान्वयन नभएकाले पुनः पार्टीमा संकट पैदा भएको नेताहरुको भनाइ छ ।

पछिल्लो समय प्रधानमन्त्री समेत रहेका ओलीले बैठकका निर्णय कार्यन्वयनमा चासो नदेखाएकाले समस्या पैदा भएको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठक बोलाउन र छलफल गर्न माग गर्दै आएका छन् । तर ओली पहिला दुई अध्यक्षबीच सहमति गरेर मात्रै बैठक बोलाउनुपर्ने तयार हुन सकेका छैनन् ।

प्रधानमन्त्रीसँग आज हुने भेटवार्तामा कार्यदलको प्रतिवेदन किन कार्यन्वयन भएन भनेर जिज्ञासा राख्ने तयारी सदस्यहरुले गरेका छन् । ‘कार्यदलको प्रतिवेदन किन कार्यन्वयन भएन भनेर हामी सोध्छौ’, सदस्य पाण्डेले रातोपाटीसँग भने, ‘त्यसमा उहाँको जवाफ के आउछ त्यसपछि अन्य विषयबारे पनि छलफल हुनसक्छ ।’

कार्यदलमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल छन् ।
यसैबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद तत्काल निरुपण हुने देखिँदैन । पार्टीको नीति,सिद्धान्त, विचार र पद्दतिभन्दा भन्दा पनि नेताहरुका आआफ्नै स्वार्थले घर गर्न थालेपछि विवाद गुजुल्टिदै गएको हो । अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरुले दुई दिनभित्र बैठक बोलाउन माग गर्दै शनिबार ओलीलाई लिखित पत्र बुझाएपनि ओली अहिलेसम्म बैठक बोलाउन सहमत भइसकेका छैनन् । ओली बैठक बोलाउन सहमत नभएसम्म अर्का अध्यक्ष प्रचण्ड ओली भेट्न बालुुवाटार नजाने अडानमा छन् ।

‘पार्टीमा समस्या या विवाद आएपछि सो पार्टीको बैठक बसेर छलफल गरिन्छ र समाधन खोजिन्छ तर नेकपामा बैठक नराखेरै समाधान खोज्ने प्रयास गरिन्छ जसले समाधान कहिल्यै दिदैन’, नेकपाका अधिकांश नेता कार्यकर्ताको मुखबाट यस्तो भनाइ सुन्न थालिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै