होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • संगठन विस्तार गर्न नेपाल दलित संघ बाजुराको बैठक
बाजुरा बिशेष

संगठन विस्तार गर्न नेपाल दलित संघ बाजुराको बैठक

  • नागरिक रैबार
संगठन विस्तार गर्न नेपाल दलित संघ बाजुराको बैठक

बाजुरा २४ भदाै । बुधबार नेपाल दलित संघ बाजुराको वैठक सम्पन भएको छ । नेपाल दलित संघ बाजुराका अध्यक्ष भिम नेपालीको अध्यक्षतामा वसेको वैठकले संगठन विस्तार , क्रियाशिल सदस्यता र लेवी उठाउने लगाएत निणर्य गरेको नेपाल दलित संघ बाजुराले जनाएको छ ।

सघले जिल्लाका ९ओटै स्थानियतहमा पुगी संगठन विस्तार गर्ने र क्रियालशिल सदस्यता वितरण गर्ने नेपाल दलितसंघ बाजुराका सभापती भिम नेपालीले बताउनु भएको छ । संघले आज बसेको वैठकबाट नेपाल दलित संघ बाजुराले नेपाली कांग्रेसका क्रिशिल सदस्यता वितरण गर्ने र संगठन विस्तार गर्ने लगाएतका निणर्य गरेको सभापती नेपालीले बताउनु भयो ।

नेपाल दलित संघले बाजुराले बाजुरा दलितहरुको हक अधिकारमा काम गर्दै अगाढी बढिरहेको नेपाल दलित संघ बाजुराका सचिव रमेश विकले बताउनु भएको छ । अव आगामी दिनहरुमा नेपाल दलित संघ बाजुराले बाजुरेली दलित समुदायको आवज बुलन्ध गदै अगाडी बढ्ने अवसर प्रदान हुने नेपाल दलित संघका बरिष्ठ उपाध्यक्ष कौसल विकले बताउनु भएको छ ।

विज्ञापन

उक्त वैठकमा लाल बहादुर विकलाई नेपाल दलित सघं बाजुरामा सदस्य मनोनित गरिएको बताइएको छ । नेपाल दलित संघ बाजुराका अध्यक्ष भिम बहादुर नेपालीको अध्यतामा संचालन भएको वैठकमा कोषाध्यक्ष हरी नेपाली , सचिव रमेश विक , वरिष्ठ उपाध्यक्ष कौशल विक लगाएत संघमा अवव्द्ध सदस्यहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार