होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १०७ औं विपी जन्मजयन्तीको अवसरमा नविसंघको विचार गोष्ठी
समाचार

१०७ औं विपी जन्मजयन्तीको अवसरमा नविसंघको विचार गोष्ठी

  • नागरिक रैबार
१०७ औं विपी जन्मजयन्तीको अवसरमा नविसंघको विचार गोष्ठी

रामबहादुर वि.क./बाजुरा २४ भदौ।नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको १०७ औं स्मृति दिवसको अवसरमा आयोजित नेपाल विद्यार्थी संघ बाजुराको विचार गोष्ठि सम्पन भएको छ ।

विपी जन्मजयन्तिको अवसरमा सदरमुकाम मार्तडीमा आयोजित नेविसंघको विचार गोष्ठी सम्पन्न भएको हो बिपी कोईराला जन्मेको दिनलाई सम्झेर प्रत्येक वर्ष आजकै दिनलाई नेपाली काँग्रेसले विपि स्मृति दिवस मनाउँदै आएको छ ।

विपिको जन्मजयन्ती अवसरमा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बाजुरा सभापती कविराज पण्डितले २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेको बताउनु भयो ।अहिलेको दुई तिहाइको सरकार भास्टाचारमा लिप्त रही जनताहरुलाई झुटो आस्वासन दिइरहेको सभापती पण्डितले आरोप लगाएका छन् । उहाँले दुइतिहाईको सरकार झुटो आस्वासन दिइरहदा नेपाली कांग्रेसले मात्र देश चलाउन सक्ने उहाँको दावी रहेको छ ।

विज्ञापन

त्यस्तै पुवी भुमी सुधार सहायक मन्त्री जनकराज गीरीले विदेशी भूमिमा निर्वासित भएर स्वदेशको प्रजातन्त्र पुनर्स्थापनाका लागि लड्दा राष्ट्रियता कमजोर भएको र अपमान सहनुपरेको विश्लेषण गरी उहाँ २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको भएको बताउनु भएको छ ।

अहिलेको दुई तिहाईको नेपाल कम्युनिष्ट पाटी नेकपा बहुमत दम्व देखाएर अगाडी बढिरहेको बताउनु भएको छ । नेपालमा विकास निर्माण र दुरदराजका जनताहरुलाई मुक्ति दिने नेपाली कांग्रेस मात्र रहेको पुर्व सहयक मन्त्री गीरी बताउनु भएको छ ।

यस्तै पुर्व पाटी सभापती मान बहादुर रावल , नेपाली कांग्रेसका महासमिती सदस्य पदम शाही , नेपाली कांग्रेसका वरिष्ठ नेता रामसिहं रावल , नेपाल महिला संस केन्द्रिय सदस्य जुना दानी लगाएतले विपी कोइरालाको विषयमा बक्यव्य दिनु भएको थियो ।

नेपाल विद्यार्थी संघ बाजुराका कार्यबाहक अध्यक्ष जनक थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेपाली कांग्रेसका पाटी सभापती कविराज पण्डित प्रमुख अथिती रहनु भएको थियो ।

त्यस्तै नेपलाी कांग्रेसका पुर्व भुवी सुधार सहायक मन्त्री जनकराज गीरी विशिष्ट अथिती रहनु भएको थियो । त्यस्तै कार्यक्रमेमा नेपाली कांग्रेसका पुर्व पाटी सभापती मन बहादुर रावल , महासमिती सदस्य पदम बहादुर साही , नेपाली कांग्रेसका बरिष्ठ नेपा रामसिंह रावल , अथिती रहनु भएको थियो ।

त्यस्तै नेपाली महिला संघ केन्द्रिय सदस्य जुना दानी , पाटी सचिव रनसिंह अएृडी , संगठन विभाग प्रमुख धनराज पण्डित , बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल , उप्रमुख कविता विष्ट लगाएत जिल्ला कार्य समितिका सदस्य,भातृ तथा शुभेच्छुक सस्थाका प्रमुख तथा प्रतिनिधी नेपाली कांग्रेसका नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको थिथो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै