नागरिक रैबार/बाजुरा २४ भदौ। बाजुरा जिल्लाको एक सरकारी कार्यालयमा कार्यरत एक जना ३१ वर्षिया पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
स्वास्थ्य कार्यालय बाजुराले गत आईतबार सदरमुकाम मार्तडीमा जिल्लाका कर्मचारी, पत्रकार, सुरक्षाकर्मी राजनीतिक दल र नागरिक समाजका गरी २ सय ५६ जनाको स्वाव सकलन गरेको गरेर धनगढीको प्रयोगशालामा पठाएको थियो ।
बुधबार धनगढीको प्रयोगशालाबाट आएको रिपोट अनुसार स्वाव संकलन गरेका २ सय ५६ जना मध्ये एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।
कार्यालय प्रमुख पन्तका अनुसार कोरोना देखिएका कर्मचारी स्वाव संकलन पछि धनगढी तिर गएको र संक्रमित कर्मचारीको सम्वन्धित कार्यालयमा खबर गरेर उनलाई धनगढीकै आइसोलेसनमा राखिने छ ।
फेसबुक प्रतिक्रियाहरु