होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा छोटो दूरीमा पनि सार्वजनिक यातायात नचल्ने
समाचार

सुदूरपश्चिममा छोटो दूरीमा पनि सार्वजनिक यातायात नचल्ने

  • नागरिक रैबार
सुदूरपश्चिममा छोटो दूरीमा पनि सार्वजनिक यातायात नचल्ने

धनगढी : सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेपनि सुदूरपश्चिममा सञ्चालन नगरिने भएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि सुदूरपश्चिमका यातायात व्यवसायीहरुले तत्काल यातायात सञ्चालन गर्न नसकिने बताएका हुन्।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले सरकारबाट बैंक किस्ता, ब्याज र अन्य राहतको व्यवस्था नभएको र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबाट कुनै निर्णय नआएकोले तत्काल छोटो दुरीका सवारी साधन सञ्चालन गर्न नसकिने बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना महामारीपछि जारी लकडाउनले बन्द अवस्थामा रहेको सार्वजनिक यातायात सेवा सञ्चालनको मोडालिटी तयार पारी सरकारसँग छलफल गरिरहेका बेला सरकारले एकलौटी निर्णय गरेको उनले बताए।

विज्ञापन

भाडा ५० प्रतिशत बढ्यो

सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ।सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको मन्त्री डा. खतिवडाले बताए। तर, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार