प्रदिप मलासी/ बझाङ्ग २७ जेठ।
बझाङ्गको जयपृथ्वी नगरपालिका वडा न ः१०का ४० घरपरिवारलाई व्यक्तिगत लगानीमा राहत बितरण गरेका छन ।
समाजसेवी निरहरी उपाध्याय हरि उपाध्याय र जयपृथ्वी नगरपालिका नगरकार्यापालिका सदस्य शंकर रसाईलीले वडाध्यक्ष दल ब बिष्ट संग समन्वय गरेर बितरण गरेका हुन १० घर परिवारलाई प्रतिघर परिवार ३० केजी चामल २ पोका तेल २ केजी दाल कार्यापालिका सदस्य रसाईलीले दिएका छन भने त्यसै गरि सोही तरिकाले ३० घरपरिवारलाई उपाध्यायले दिएका हुन । अतिबिपन्न गरिब दलित र दैनिक छाक टार्न असहज परिस्थिती भएका ४० घर परिवारले राहत पाउदा निकै खुशी भएका छन ।
जसका कोई छैन उसका भगवान हुन्छ भने झै कोरोना भाईरस संक्रमण बढेर पुरै देश लकडाउन भएका बेला घरमा चुलो बाल्न निकै कठिनाई थियो आज हामी माथी ठुलो दया गरेर आपनौ खल्तीवाट निजी लगानीमा हाम्रो चुलो जलाई उपाध्याय र रसाईलीले हाम्रो घरपरिवारको सास बचाएकोमा यो गुन मरुन्जेल पनि बिर्सन नसकिने ज न पा १० खैइराका रङ्गी दमाईले बताए ।
सोही कुरामा जोड दिदै धु्रवु सार्की, कालो दमाई,प्रकास श्रेष्ठले पनि उहाहरु तिनै जनाको चौतर्फी प्रसंशा गरेका छन ।
सारा बिश्व कोरोना भाईरसका कारण आक्रान्त भएका बेला रोग भन्दा पनि भोकले मर्न सक्ने सम्भावना बढी देखिएकोले मानव जातीको संरक्षरण मानवले नै गर्ने र कसैले खाएर पनि फाल्ने कसैले भोकले पेट मिचेर चिच्याउदै मर्नु पर्ने बेला टुलुटुलु हेरर आदर्शवादी वाक्यले मात्र केही नहुने दया धर्म गर्ने अवसर नै यही भएकोले आफनै निजी लगानी गरेर भए पनि केही समाजका बिपन्न घर परिवारलाई राहत दिनु पर्छ भन्ने मनमा दया लागेर आयो त्यसै बिचमा काठमाडौमा बसेर आफनै गाउघरको चिन्ता गरेर निरहरी उपाध्यायर हरी उपाध्यायले पनि सहयोग गरे अनि त्यसैमा १० घर परिवारलाई पुग्ने मैले पनि सहयोग गर्ने अवसर पाए भन्नु हुन्छ जयपृथ्वी नगरपालिका नगरकार्यापालिका सदस्य शंकर रसाईली ।
फेसबुक प्रतिक्रियाहरु