नागरिक रैबार/बाजुरा २६ जेठ। नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ जिल्ला कार्य समिति बाजुराको अध्यक्षमा नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष जनक बहादुर थापा लाई मनोनित गरिएको छ ।
सोमबार नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ सुदूरपश्चिम प्रदेश कार्य समितिले महासंघको बाजुरा कार्य समितिको अध्यक्षमा थापालाई मनोनयन गरेको हो भने त्यस्तै नेपाल विद्यार्थी संघ काठमाडौ सुदुरपश्चिम सम्पर्क समितिका उपाध्यक्ष , नेपाल ट्रेड युनियन काङ्ग्रेस युबा समिति बाजुराका अध्यक्ष भरत बुढा लाई सचिवमा मनोनीत गरेको हो।
नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति कविराज पण्डितको सिफारिसमा अध्यक्ष थापा र सचिव बुढालाई मनोनयन गरिएको प्रदेश कार्यसमितिले जानकारी गराएको छ ।
फेसबुक प्रतिक्रियाहरु