होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा स्थायी समितिको पछिल्लो समीकरणः ओली १५, नेपाल १३, प्रचण्ड १२
राजनीति

नेकपा स्थायी समितिको पछिल्लो समीकरणः ओली १५, नेपाल १३, प्रचण्ड १२

  • नागरिक रैबार
नेकपा स्थायी समितिको पछिल्लो समीकरणः ओली १५, नेपाल १३, प्रचण्ड १२

काठमाडौं, २२ मंसिर । नेकपाभित्रको विवाद चर्किएका बेला स्थायी समितिमा नयाँं समीकरण बनेको छ । ४४ सदस्यीय स्थायी समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा १५, अर्का अध्यक्ष प्रचण्डको पक्षमा १२ र वरिष्ठ नेता माधव नेपालको पक्षमा १३ जना देखिएको छ ।

जसमा चार स्थायी समिति सदस्यले भने अझै कुन गुट खुलिसकेको छैनन् । यसरी नखुलेका स्थायी समिति सदस्यहरुमा टोप बहादुर रायामाझी, रामबहादुर थापा बादल, हरिबोल गजुरेल छन् । यद्यपी अन्तिम समयमा रायामाझी र बादलले प्रचण्डलाई नै साथ दिने अनुमान गरिएको छ ।

नेकपा उपाध्यक्ष वामदेव गौतम प्रचण्ड वा नेपाल कुन समूहमा रहने भन्नेमा अन्यौल यथावत छ । यद्यपी प्रचण्ड र नेपाल समूह एकैतिर रहेकाले उनी कुन समूहमा रहे भन्नेमा खास अर्थ छैन । नेपाल समूहमा रहेका स्थायी समिति सदस्य घनश्याम भुसाल र योगेश भट्टराई प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा मन्त्री भएकाले उनीहरुको भूमिका पनि मध्यमार्गी हुने बताइएको छ ।

विज्ञापन

नेकपाका स्थायी समितिको बैठक मंसिर २८ का लागि राखिएको छ । सो बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने आइतबार स्थायी समितिको बैठकलाई लेखेको पत्रबाट स्पष्ट भएको छ ।
यस्तो छ स्थायी समितिको समीकरण

प्रधानमन्त्री ओली पक्ष
१) ईश्वर पोखरेल, २) विष्णु पौडेल, ३) किरण गुरुङ, ४) छविलाल विश्वकर्मा, ५) प्रदिपकुमार ज्ञवाली, ६) पृथ्वी सुब्बा गुरुङ, ७) मुकुन्द न्यौपाने, ८) रघुविर महासेठ, ९) विष्णु रिमाल, १०) सत्यानारायण मण्डल, ११) शंकर पोखरेल, १२) सुवास नेम्बाङ , १३) माणि थापा , १४) लेखराज भट्ट

प्रचण्ड पक्ष
१) नारायणकाजी श्रेष्ठ, २) गणेश शाह, ३) गिरिराजमणि पोखरेल, ४) जनार्दन शर्मा, ५) ) देव गुरुङ, ६) पम्फा भुसाल, ७) बर्षमान पुन, ८) मात्रिका यादव, ९) लिलामणि पोखरेल, १० शक्ति बस्नेत, ११) चक्रपाणि खनाल

माधव नेपाल पक्ष
१) बामदेव गौतम, २) झलनाथ खनाल, ३) अष्टलक्ष्मी शाक्य, ४) गोकर्ण विष्ट, ५) भीम आचार्य, ६) घनश्याम भुसाल, ७ ) भीम रावल, ८) युवराज ज्ञवाली, ९) योगेश भट्टराई, १०) रघुजी पन्त , ११) बेदुराम भुसाल, १२) सुरेन्द्र पाण्डे
बीचमा
१) टोपबहादुर रायमाझी, २)रामबहादुर थापा बादल , ३) हरिबोल गजुरेल , ४) देवेन्द्र पौडेल

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि