होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा कार्यरत ४० प्रहरीमा कोरोना पुष्टि
समाचार

सुदूरपश्चिममा कार्यरत ४० प्रहरीमा कोरोना पुष्टि

  • नागरिक रैबार
सुदूरपश्चिममा कार्यरत ४० प्रहरीमा कोरोना पुष्टि

धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाईरसको सङ्क्रमण बढ्दै गएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा ४० जना प्रहरीमा संक्रमण पुष्टि भएको छ। कार्यालयका निमित्त प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले संक्रमण पुष्टि भएका ४० जना मध्ये २२ जनाले कोरोना जितेको र बाँकी १८ जनाको उपचार भईरहेको जानकारी दिए।

उनका अनुसार कैलालीका नौँ, कञ्चनपुर र डोटीका तीन÷तीन, दार्चुलाका दुई र अछामका एक जनाको उपचार भईरहेको छ। बाजुरा र कञ्चनपुरका ६÷६, अछामका ५, कैलालीका चार र बैतडीका एक जनाले भने कोरोना जितेको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए।

विज्ञापन

प्रदेश प्रहरी कार्यालयका अनुसार अहिले सम्म कैलालीका १३, कञ्चनपुरका नौँ, अछाम र  बाजुराका ६÷६, डोटीका तीन, दार्चुलाका दुई र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार