होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु
समाचार

बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

  • नागरिक रैबार
बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

बैतडी : बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका ४, बलालीका ४० वर्षीया पशुपति बोहरा र १२ वर्षीय छोरा रिकेश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता (प्रहरी निरीक्षक) किसन चन्दले जानकारी दिए।

बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको उनले बताए । १६ वर्षीया सुजिता र १२ वर्षीया सुनीता बोहरा भने भागेर ज्यान जोगाउन सफल भएका छन्।  माथिबाट खसेको पहिरोले घर पूर्ण रूपमा पुरेको स्थानीय महेश पन्तले जानकारी दिए।

घरभित्र पुरिएका दुवैको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ । घरमाथिबाट पहिरो खस्दा गोठमा बाँधेका गाईगोरुलाई समेत चोट लागेको छ।

मृतक पशुपतिका श्रीमान् रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छैनन् । घरमाथिबाट खसेको पहिरोले आमाछोराको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको पन्तले बताए । सो ठाउँमा तलतिर पनि पहिरो खस्‍ने सम्भवना रहेकाले अरु घर पनि पहिरोको जोखिममा परेका उनले बताए। भित्र कमेरोयुक्त माटो भएकाले बलाली पहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन्।

लगातार वर्षा भइरहेकाले पहिरोको जोखिम पनि बढ्दै गएको छ। जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजनामा बैतडीका आठ स्थानीय तहमा पहिरोको उच्च जोखिम छ। पहिरोले बर्सेनि खेतीयोग्य जमिन र धनजनमा समेत क्षति पुर्‍याउँदै आएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै