होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • बिहेअघि श्वेताको प्रश्न–‘पुरुष प्रधान समाजले मेरो निर्णय स्विकार गर्ला त ?
मनोरञ्जन

बिहेअघि श्वेताको प्रश्न–‘पुरुष प्रधान समाजले मेरो निर्णय स्विकार गर्ला त ?

  • नागरिक रैबार
बिहेअघि श्वेताको प्रश्न–‘पुरुष प्रधान समाजले मेरो निर्णय स्विकार गर्ला त ?

नायिका श्वेता खड्काले बिहेको एकदिन अगाडि सामाजिक संजालमा लामो स्टाटस कोर्दै आफ्नो मनको भावना व्यक्त गरेकी छिन् । श्वेताले सोमबार बिहे गर्ने तयारी गरेकी छिन् ।

श्वेताले आफ्नो मनमा अझै पनि ‘के यो पुरुष प्रधान समाजले आफ्नो निर्णय स्विकार गर्ला त भनेर पनि प्रश्न गरेकी छिन् । श्वेता लेख्छिन्–‘जीवनका विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुुःख अनी हाँसो–रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु । जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पिर, व्यथा, दुःख अनी कष्टहरुसँग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि सक्दिनँ ।’

 

विज्ञापन

श्वेताले जिन्दगीको पाइला चाल्दै गर्दा अगाडि आइपर्ने वाधाहरुलाई देख्दा आफूले त्यसलाई सामना गर्न सक्छु या सक्दिन भन्दै प्रश्न गरेको र आफूले मृत्युलाई नरोजेर जीवनलाई रोजेको पनि उल्लेख गरेकी छिन् ।

श्वेता लेख्छिन्–‘एक्लै जीवन काट्न सकिन्छ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखि एक्लै हिडिरहेकी थिएँ । मेरो यो एकल यात्राका वखतमा धेरै पटक लडेकी छु । अब उठ्न नै सक्दिनँ कि भन्ने कमजोर भावले थिचेको बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आश हुँदो रहेछ । मनभित्र ठाँगो परेर बसेका अव्यक्त बहहरुलाई बोकेर हिनु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिड्नु भन्दा पनि कठिन रहेछ । तर, मैले मेरा बहहरु व्यक्त गर्ने कोसँग ?’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै