धनगढीः सुदूरपश्चिममा १ हजार ५ सय बढि कोरोनाका संक्रिय संक्रमित रहेका छन् । प्रदेशका ९ वटै जिल्लामा १ हजार ५ सय ४ जना संक्रिय संक्रमित रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
सबैभन्दा बढि कैलालीमा ७ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै दार्चुलामा १ सय ९८, बझाङमा १ सय ८०, डोटीमा १ सय २७, कञ्चनपुरमा ८०, अछाममा ७९, डडेल्धुरामा ५७ र बाजुरामा ७ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु