होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • माउन्टेन फ्लाइटमा गए भारतीय सेना प्रमुख नरवणे, प्रधानमन्त्रीलाई भेटेर स्वदेश फर्किने
देश/प्रदेश

माउन्टेन फ्लाइटमा गए भारतीय सेना प्रमुख नरवणे, प्रधानमन्त्रीलाई भेटेर स्वदेश फर्किने

  • नागरिक रैबार
माउन्टेन फ्लाइटमा गए भारतीय सेना प्रमुख नरवणे, प्रधानमन्त्रीलाई भेटेर स्वदेश फर्किने

२१ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज नेपालका हिमाल हेर्न माउन्टेन फ्लाइटमा गएका छन् ।

उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा, आमादब्लम लगायतका हिमालको दृष्यावलोकन गराइने नेपाली सेनाले जनाएको छ ।

 

विज्ञापन

उनी नेपाली सेनाको अगुष्टा हेलिकप्टर चढेर बिहान आठ बजे सोलुखुम्बु पुगेका छन् । अगुष्टा भीभीआईपीका लागि नेपाली सेनाले खरिद गरेको हेलिकप्टर हो ।

३ हजार ८ सय ८० मिटर उचाइमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट गर्ने र हिमालको दृष्य अवलोकन गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।

काठमाडौं फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर उनी आजै स्वदेश फर्किंदै छन् ।

नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न उनी बुधबार नेपाल आएका थिए । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन् ।

नेपाल आएलगत्तै उनले पशुपतिनाथ र बसन्तपुर क्षेत्रको भ्रमण गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार