रामबहादुर विक। बाजुराका २ सय ५६ जनाको स्वाव संकलन गरि धनगढी पठाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले बाजुराका पत्रकार, प्रहरी, कर्मचारी, राजनीतिक दलका नेतासहित गरी २ सय ५६ जनाको पिसिआर परिक्षण मार्फत स्वाव संकलन गरी आइतबार धनगढी पठाइएको छ ।
२ सय ५६ जना मध्य २२८ जना पूरुष रहेका छन् भने २८ जना महिलको स्वाव संकलन गरी धनगढी पयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
सदरमुकाम मार्तडीमा लकडाँउनको समया अवधि देखि अग्रपंतिमा रहेर काम गर्ने ब्यक्तिहरुको स्वाव संकलन गरि आज धनवढी पठाइएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख डाक्टर दयाकृष्ण पन्तले बताउनु भयो ।
बडिमालिका नगरपालिका र जिल्ला स्वास्थ्य कार्यलय बाजुराको समन्वयमा निरन्तर रुपमा सेवामा खटिएका सुरक्षाकर्मी स्वास्थ्यर्की संचारकर्मी, व्यापारी लगाएतका नागरिकहरुको स्स्वाव संकलन गरिएको कार्यालय प्रमुख पन्तले बताउनु भयो।
बाजुरा जिल्लामा हाल सम्म संकलन गरिएका नमुना परिक्षणहरुको रिर्पोट अनुसार कोरोनाको संक्रमण बढेको र भारतबाट आउनेका संख्या बढेर निरन्तर जनसम्पर्कमा रहेका ब्यक्तिहरुको स्वाव संकलन गरी पिसिआर परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका कार्यालय प्रमुख दया कृष्ण पन्तले जनकारी दिनुभयो।
जिल्लामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, बैंक तथा बित्तीय संस्थाका कर्मचारी, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र व्यापारी र कोरोनाको उच्च जोखिमबाट आएका व्यक्तीको स्वाव संकलन बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु