होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सवारीसाधनले कुन प्रदेशमा कति तिर्नुपर्छ कर ?
समाचार

सवारीसाधनले कुन प्रदेशमा कति तिर्नुपर्छ कर ?

  • नागरिक रैबार
सवारीसाधनले कुन प्रदेशमा कति तिर्नुपर्छ कर ?

काठमाडौं । सवारीसाधन बाहकले सवारी साधनको प्रयोग गरेबापत कर तिर्नुपर्ने विषय नौलो होइन । देश संघीय संरचनामा जानुभन्दा धेरै अघिदेखि यस्तो कर उठाउने व्यवस्था सुरु भएको हो । पहिले नेपाल सरकारले उठाउँदै आएको यो कर अहिले भने प्रदेश सरकारको कार्यक्षेत्रमा गएको छ ।

नेपालको संविधान २०७२ को अनुसुची ६ ले सवारी साधन करलाई प्रदेशको एकल अधिकार सूची अन्तर्गत राखेपछि प्रदेशहरुले आफ्नै ढंगबाट करको दर निर्धारण र संकलन गर्न थालेका हुन् । आर्थिक वर्ष २०७७/७८ को बजेटमा आश्रित आर्थिक विधेयकमा उल्लेख गरिएका यी करका दरहरुलाई सबै प्रदेशले पारित गरिसकेका छन् । जसअनुसार ती प्रदेशहरुले आफ्नो प्रदेशभित्र दर्ता भएका साना तथा ठूला सवारी साधन सवारी करको दर निर्धारण गरेका छन् । प्रदेशहरुले निर्धारण गरेको त्यस्तो शुल्कमा सवारीसाधनको क्षमता र भारअनुसार कर निर्धारणमा एकरुपता कायम छ । तर त्यस्तो शुल्क एउटै भने छैन ।

कुन प्रदेशमा कति लाग्छ शुल्क ?
यातायात कार्यालयमा दर्ता भएर चल्ने सवारी साधनमध्ये मोटरसाइकलको शुल्क प्रदेशहरुले २ हजार ५ सय रुपैयाँदेखि २० हजार रुपैयाँसम्म तोकेका छन् । कार, जिप भ्यान लगायतका लागि भने यो वर्ष १९ हजार रुपैयाँ देखि ५८ हजार ५ सय रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै, निजी प्रयोजनको लागि प्रयोग हुने यात्रुवाहक र ढुवानीसम्बन्धी सवारीहरुको शुल्क २२ हजार रुपैयाँदेखि ३३ हजार ५ सय रुपैयाँसम्म तोकिएको छ । निजी प्रयोजनको लागि दर्ता गरिएको डोजर, लोडर एक्साभेटर जस्ता पावर इञ्जिनको वार्षिक कर ३५ हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म तोकिँदा मिनिटिपरको शुल्क २५ देखि ३० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

त्यस्तै, टेम्पो लगायत तीनपांग्रे सवारी साधनका लागि ५ हजार देखि ५ हजार ५ सय रुपैयाँसम्म, ट्याक्टरलाई २ हजार ५ सय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म तथा पावर ट्रिलरलाई २ हजार रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।

भाडाका सवारी साधनको शुल्क भने निजी सवारी साधनको तुलनामा सस्तो छ । भाडाका कार, जीप र भ्यानको शुल्क क्षमता अनुसार ८ हजार ४ सय रुपैयाँ देखि १७ हजार रुपैयाँसम्म तोकिएको छ ।
त्यस्तै, भाडामा प्रयोग हुने डोजर, लोडर, एक्साभेटर जस्ता हेभी इक्विपमेन्टको शुल्क प्रदेश अनुसार १७ हजारदेखि २० हजार रुपैयाँसम्म तोकिएको छ । त्यस्तै, टेक्पो लगायत थ्री ह्विलरको ४ हजार रुपैयाँदेखि ५ हजार ५ सय रुपैयाँसम्म, ट्याक्टरको १ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म, पावर ट्रिलरको २ हजार देखि ४ हजार ५ सय रुपैयाँसम्म, बस तथा ट्रकको १६ देखि १७ हजार रुपैयाँसम्म, मिनिटिपरको १४ देखि २० हजार रुपैयाँसम्म तथा मिनिबस र मिनिट्रकको कर १२ हजारदेखि १३ हजार ५ सय रुपैयाँसम्म तोकिएको छ । यी शुल्कहरु भाडाका सवारीसाधनको लागि निर्धारण गरिएका हुन् ।

यी करहरु बीमा प्रिमियम बाहेकका शुल्क हुन् । प्रत्येक सवारी साधनले तेस्रो पक्ष बीमा गरेपछि मात्रै सवारीसाधनको नवीकरण गरिन्छ । यो शुल्क बीमा समितिले ल्याएको मोटर बीमासम्बन्धी निर्देशिकाले तोकेबमोजिम हुने व्यवस्था छ ।

कुन प्रदेश बढी उदार ?
प्रदेशहरुले तोकेको कर अनुसार १२५ भन्दा कम क्षमताका सवारीसाधनका लागि प्रदेश १ र गण्डकी प्रदेश बढी महँगो बाँकी प्रदेश सस्तो देखिएका छन् । मध्यम क्षमताको मानिने १२५ देखि २५० क्षमतासम्मका सवारीमा लागि भने प्रदेश २ र कर्णाली प्रदेश सस्तो देखिएको छ । उच्च क्षमताका मोटरसाइकलका लागि भने बागमती र प्रदेश ५ बढी कठोर देखिएको छ । ४०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलको लागि २० हजार रुपैयाँ कर निर्धारण गर्दा सुदूरपश्चिम प्रदेशले भने ९ हजार रुपैयाँ मात्रै कर तोकेको छ ।

त्यस्तै, कार, जीप भ्यानका लागि पनि प्रदेश १ र बागमती प्रदेश नै बढी महँगो देखिएका छन् । यप् प्रदेशलेसवारीको क्षमता अनुसार २१ हजार देखि ५८ हजार ५ सय रुपैयाँसम्म कर तोक्दा प्रदेश २, कर्णाली र सुदूरपश्चिमले १९ हजार देखि ५३ हजार रुपैयाँसम्म मात्रै त्यस्तो कर निर्धारण गरेका छन् । निजी ट्रक वा बसमा पनि त्यस्तै अवस्था देखिएको छ । तर, निजी प्रयोजनको एक्साभेटरका लागि प्रदेश ५ र सुदूरपश्चिम महँगो हुँदा अरु प्रदेश तुलनात्मक रुपमा उदार देखिएका छन् ।

थ्री ह्विलर, टेक्पो जस्ता सवारीसाधनको करमा एकरुपता देखिए पनि ट्याक्टर र पावर ट्रिलरमा केही प्रदेशको शुल्क कम छ । प्रदेश २ ले ट्याक्टरको लागि वार्षिक २ हजार ५ सय रुपैयाँ मात्रै शुल्क तोकेको छ । जबकी प्रदेश ५ ले गैरकृषि प्रयोजनको लागि प्रयोग हुने ट्याक्टरको कर १५ हजार रुपैयाँ तोकको छ । पावर ट्रिलरमा कर्णाली र सुदूरपश्चिमले १ हजार रुपैयाँ शुल्क निर्धारण गर्दा प्रदेश १ र बागमतीले ३ हजार ५ सय रुपैयाँ शुल्क तोकेका छन् ।
भाडाका सवारी साधनको हकमा भने प्रदेशहरुबीच धेरै ठूलो भिन्नता छैन । १ हजार ३ सय सीसीसम्मको सवारीसाधनको शुल्क ८ हजार देखि ९ हजार रुपैयाँसम्म छ । ४ हजार सीसीभन्दा ठूला सवारी साधनको शुल्क पनि १५ देखि १७ हजारको बीचमा छ ।

भाडामा प्रयोग हुने डोजर, एक्साभेटर जस्ता ठूला सवारी साधनको कर भने निजी प्रयोजनको लागि प्रयोग हुने भन्दा आधाको हाराहारीमा मात्रै तोकिएको छ । निजी प्रयोजनमा ३५ देखि ४० हजार तिर्नुपर्ने यी साधनको कर सार्वजनिक प्रयोजनको लागि भएमा १७ देखि २० हजार रुपैयाँ मात्रै तिर्नु पर्नेगरी तोकिएको छ ।

समग्रमा सवारी साधन करका लागि यो वर्ष सबैभन्दा उदार भएको प्रदेश सुदूरपश्चिम देखिएको छ । सानादेखि ठूला सवारी साधनमा यो प्रदेशले तुलनात्मक रुपमा शुल्क निर्धारण गरेको छ । प्रदेश २ र कर्णाली प्रदेश पनि तुलनात्मक रुपमा कम कर उठाउने प्रदेशमै परेका छन् । गण्डकी प्रदेशले मध्यम शुल्क निर्धारण गर्दा प्रदेश १, बागमती र प्रदेश ५ मा तुलनात्मक रुपमा धेरै सवारी साधन शुल्क निर्धारण गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि