होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा लकडाउनको १०० दिनमा १७५ जनाले गरे आत्महत्या
देश/प्रदेश

सुदूरपश्चिममा लकडाउनको १०० दिनमा १७५ जनाले गरे आत्महत्या

  • नागरिक रैबार
सुदूरपश्चिममा लकडाउनको १०० दिनमा १७५ जनाले गरे आत्महत्या

धनगढी : कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको एक सय दिनको अवधिमा सुदूरपश्चिम प्रदेशमा एक सय ७५ जनाले आत्महत्या गरेका छन्। चैत ११ गतेदेखि असार २० गतेसम्म सुदूरपश्चिमका नौँ जिल्लामा एक सय ७५ जनाले आत्महत्या गरेका प्रदेश प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रदेशमा महिलाभन्दा बढि पुरुषले आत्महत्या गरेका छन्। ९३ जना पुरुष र ८२ जना महिलाले सय दिनको अवधीमा आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीको तथ्यांकअनुसार आत्महत्या गर्नेहरूमा किसान, विपन्न परिवारका गृहिणी, दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने र बेरोजगार पनि रहेका छन्। सुदूरपश्चिम प्रदेशमा आत्महत्याको दर हेर्दा दुर्गम जिल्लाको तुलनामा सुगम जिल्लामा धेरै बढि छ।

चैतको ११ गतेपछि कैलालीमा सबैभन्दा बढि ३८ जना पुरुष र २० महिला गरी ५८ जना, कञ्चनपुरमा २४ पुरुष र १७ महिला गरी ४१ जना, बैतडीका चार पुरुष र १२ महिला गरी १६ जना, डोटीका ६ पुरुष र ८ महिला गरी १४ जना, अछाममा ८ पुरुष र ४ महिला गरी १२ जना, डडेल्धुराका ७ पुरुष र ५ महिला गरी १२ जनाले आत्हत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

विज्ञापन

यस्तै दार्चुलाका चार पुरुष र पाँच महिला गरी नौँ जना, बझाङका सात महिला, बाजुराका दुई पुरुष र चार महिला गरी ६ जनाले आत्महत्या गरेका छन्। लकडाउनपछि आत्महत्या गर्ने दर झन् बढेको सुदूरपश्चिमका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले बताए।

आत्महत्याको मुख्य कारणमा एक्कासी आवेशमा आउनु देखिएको बताउँदै उनले भने, ‘लामो समयको लकडाउनले आम्दानी बन्द हुँदा जनजीवन अस्तव्यस्त भएको र मान्छेहरू चाहेको बेला चाहेको ठाउँमा जान नपाउँदा आत्महत्याका घटनामा वृद्धि भएको देखिन्छ।’ लकडाउनमा मानसिक स्वास्थ्यमा समस्या देखिएपछि आत्महत्या बढेको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए।

विगतमा आत्महत्या भन्ने वित्तिकै फाईल बन्द गर्ने प्रहरीले विस्तारै आत्महत्याको समेत अनुसन्धान भने गर्दै आएको छ। प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई दुरुत्साहन मुद्दा लगाउन थालेको हो। अनुसन्धान गर्दा अर्काले दिएको शारीरिक र मानसिक यातनाबाट आत्महत्या गरेको खुलेपछि आत्महत्या गर्न बाध्य बनाएको आरोपमा नयाँ फौजदारी अपराध संहिता अनुसार दुरुत्साहन मुद्दा लगाउन थालिएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार