होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्यालयमा अतिरिक्त सामग्री दिन सुझाव
समाचार

विद्यालयमा अतिरिक्त सामग्री दिन सुझाव

  • नागरिक रैबार
विद्यालयमा अतिरिक्त सामग्री दिन सुझाव

२० मंसिर, काठमाडौं । शिक्षाविद् र शिक्षकले विद्यालय पुनःसञ्चालन र वैकल्पिक माध्यमको सिकाइमा प्रभावकारिताका लागि अतिरिक्त स्रोत, साधन उपलब्ध गराउन सुझाएका छन् । सरकारले कोभिड–१९ को जोखिम मूल्याङ्कनका आधारमा विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा दिएपछि विद्यालय क्रमशः खुल्न थाले पनि स्वास्थ्य सामग्रीलगायतको अभाव र सबै विद्यार्थी उपस्थित नहुने समस्या देखिएको छ ।

शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले शनिबार भर्चुअलरुपमा आयोजना गरेको ‘विद्यालय पुनः सञ्चालनका चुनौती’ विषयक छलफलमा शिक्षाविद् प्रा डा वासुदेव काफ्लेले सङ्घीय सरकारले स्थानीय सरकारलाई विद्यालय खोल्न जिम्मेवार बनाएर मात्रै नपुग्ने भन्दै स्थानीयस्तरमा ज्ञान, सूचना र स्रोतको हस्तान्तरण गर्न आग्रह गरे ।

उनले दुई समूहमा कक्षा सञ्चालन गर्दा अतिरिक्त भार पर्ने भएकाले त्यसका लागि स्थानीय तहले अतिरिक्त बजेट दिनुपर्ने बताए । डा काफ्लेले प्रत्यक्ष पढाइ वा अनलाइन सिकाइमा सहभागी नभएका विद्यार्थी को को हुन् र के कारणले अनुपस्थित भएका हुन् भन्नेबारे अध्ययन गरेर उपयुक्त प्रबन्धका लागि स्थानीय तहसँग समन्वय गर्न पनि आग्रह गरे । शिक्षा अधिकारकर्मी बाबुकाजी श्रेष्ठले विद्यालय पुनः सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री र ढाँचाको सकारात्मक अनुभवन आदानप्रदन गरी सिकाइलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

विज्ञापन

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले धेरै निजी विद्यालय अहिले पनि बन्द रहँदा शिक्षक टिकाउन नसकिएको स्वीकार्दै सरकारले आफूहरुलाई सरल ऋण उपलब्ध गराउनुपर्ने बताए ।

सुर्खेतको शारदा माविका प्रधानाध्यापक जीतेन्द्रराज ओलीले विद्यालय खुले पनि शिक्षक मनोवैज्ञानिक त्राससहित उपस्थित भएकाले सरकारले मास्क, स्यानिटाइजरजस्ता सामग्री दिनुपर्ने माग गरे ।

सोलुखुम्बुको जीवनज्योति माविका प्रधानाध्यापक प्रभुराम बस्नेतले जिल्लाका आठवटै तहका तिहारपछि विद्यालयमा भौतिक दूरी कायम गरी प्रत्यक्ष पढाइ सञ्चालन गरिएको तर अझै सबै विद्यार्थीको सहभागिता हुन नसकेको बताए । धनकुटाको ग्रामीण जनता माविका प्रधानाध्यापक टङ्क भुजेलले प्रत्यक्ष पढाइ गर्न थालिएको तर टाढा टाढाबाट आउने शिक्षकसँग अभिभावक र विद्यार्थी डराउने गरेको अनुभव सुनाए ।

लमजुङको जनकल्याण माविका प्रधानाध्यापक अशोकुमार श्रेष्ठले विद्यालय पुनः सञ्चालनपछि यसबीचमा केही अभिभावकमा कोरोना सङ्क्रमण देखिएकाले दुई साता विद्यालय बन्द गराएको जानकारी दिए । शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले कोभिड–१९ पछिको शैक्षिक निरन्तरताका सकारात्मक तथा समस्याका पक्षलाई सञ्चारमाध्यमले अझै प्राथमिकताका साथ सम्प्रेषण गर्न जोड दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै