होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • तीन ठूला सञ्चार गृहमा पत्रकार महासंघले धर्ना दिने
देश/प्रदेश

तीन ठूला सञ्चार गृहमा पत्रकार महासंघले धर्ना दिने

  • नागरिक रैबार
तीन ठूला सञ्चार गृहमा पत्रकार महासंघले धर्ना दिने

काठमाडौं,  २० कात्तिक। नेपाल पत्रकार महासंघले यही २६ कात्तिकमा तीन वटा सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना दिने भएको छ ।कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स–सम्मान पुनर्वहाली, यसबीचको तलब–भत्ता उपलब्ध गराउन, दसैँ खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटम दिँदै महासंघले ती सञ्चार गृहमा बिहीबार पत्र पठाएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रालि र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रालिलाई पटक–पटक लिखित र मौखिक पत्र तथा वार्ताबाट महासंघले गरेको आग्रह बमोजिम श्रम समस्या हल अझै हल नगरेकाले पाँच दिनभित्र माग सम्बोधन नगरे पहिलो चरणको आन्दोलन थाल्ने जानकारी गराइएको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा रहेको उच्चस्तरिय समितिको निर्णय बमोजिम पत्राचार गरिएको हो ।पाँच दिनभित्र सम्बद्ध सञ्चार गृहको व्यवस्थापनले आन्तरिक रूपमै समस्या सम्बोधन गरी महासंघलाई आन्दोलन जानबाट रोक्ने विश्वासका साथ पत्राचार गरिएको महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिए ।

विज्ञापन

दाहालका अनुसार, माग पूरा नभए महासंघको नेतृत्वकै अगुवाईमा हुने पहिलो चरणको आन्दोलन सम्पन्न गरी दोस्रो चरणमा सम्बद्ध सञ्चार गृहका संचालको निवास घेराउ र त्यतिले पनि नभए तेस्रो चरणमा पीडित सञ्चारकर्मीलाई सत्याग्रहमा राख्नेबारे महासंघ छलफलमा रहेको छ । २६ गते हुने आन्दोलनको तयारी थाल्न महासंघले सम्बद्ध मिडिया प्रतिष्ठानमा रहेका महासंघका शाखालाई निर्देशनसमेत दिइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि