होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि कन्सन बाजुरालाई
समाचार

दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि कन्सन बाजुरालाई

  • नागरिक रैबार
दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि कन्सन बाजुरालाई

नागरिक रैबार/बाजुरा २० कार्तिक। बाजुराको सवै भन्दा ठुलो धनराशी नगद पुरस्कार भएको दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि बुढीगंगा नगरपालिका २ मा रहेको कन्सन बाजुराले जितेको छ ।

विहिबार भएको फाईनल खेलमा नेपाल प्रहरीलाई पराजित गर्दै कन्सन बाजुराले दोस्रो छेडेदह कपको उपाधि जितेको हो । खेलको अन्तिम दिन विहिबार नेपाल प्रहरी र कन्सन बाजुरा विच भएको खेलमा कन्सन बाजुराले सानदार खेल प्रस्तुत सहित २ गोल आफ्नो पक्षमा पार्दै दोस्रो छेडेदह कपको विजेता बन्न सफल भएको आयोजकले बताएको छ ।

विज्ञापन

प्रतियोगितfको विजेता बनेको कन्सन बाजुरालाई १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित प्रमाण पत्र र मेडल प्रदान गरिएको छ । त्यस्तै प्रतियोगिताको उपविजेता जिल्ला प्रहरी कार्यालय बाजुरालाई नगद १ लाख १ हजार १ सय ११ रुपैया सहीत प्रमाण पत्र र मेडल प्रदान गरिएको आयोजक छेडेदह स्पोट्र्स क्लवका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् ।

खप्तड छेडेदह गाउँपालिकाको आटिचौरस्थित दशरथ माविको खेल मैदानमा संचालन भएको उक्त प्रतियोगिता कार्तिक १३ गतेबाट संचालन भएको थियो । खेलमा २२ वटा टिम सहभागि भएका थिए । त्यसै गरी खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण पत्र प्रदान गरिएको  छ ।

छेडेदह स्पोट्र्स क्लवका अध्यक्ष लोकेन्द्र खड्काको अध्यक्षतामा कार्तिक १३ गतेबाट संचालन भएको उक्त प्रतियोगिताको उद्धघाट्न नेकपा सुदुरपश्चिम प्रदेशका अध्यक्ष तथा पुर्ब उद्योग मन्त्री कणर्बहादुर थापाले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार