होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सर्‍यो काँग्रेस केन्द्रीय समिति बैठक
समाचार

सर्‍यो काँग्रेस केन्द्रीय समिति बैठक

  • नागरिक रैबार
सर्‍यो काँग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर सारिएको छ । शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको बैठक २४ गतेको लागि सारिएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बैठक कात्तिक २४ गते सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ । बैठक सार्नुको स्पष्ट कारण नखुलाइएपनि आन्तरिक विवाद समाधान नभएकाले थप समय लिइएको बुझिएको छ ।

१४ औं महाधिवेशनको कार्यतालिका, पार्टी केन्द्रीय विभागको गठन, तिनमा भएका मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति र क्रियाशील सदस्यताको वितरणसँग सम्बन्धमा काँग्रेसभित्र लामो समयदेखि मतमतान्तर छ ।

विभाग गठन–मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्थाको म्याद थप र महाधिवेशन तथा क्रियाशील सदस्यताको वितरणका सन्दर्भमा भएका विधानविपरीत निर्णयहरू भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १२ घन्टा अगाडि

भर्खरै