होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणी नगरपालिकाले गर्यो मनरोगी चेलिको उद्धार
समाचार

त्रिवेणी नगरपालिकाले गर्यो मनरोगी चेलिको उद्धार

  • नागरिक रैबार
त्रिवेणी नगरपालिकाले गर्यो मनरोगी चेलिको उद्धार

चक्रबहादुर अएडी/बाजुरा २१ साउन। बाजुराको त्रिवेणी नगरपालिकाले एक जना असाय मानसिक रोगि चेलीको उद्दार गरेको छ । त्रिवेणी नगरपालिका वडा नम्मर ८ बस्ने बर्ष ५२ बर्षिया अम्बि गिरी लाई नगरपालिका र स्थानीयको पहलमा उद्दार गरि आर्थिक सहयोग गरेको भगतराज गिरीले जानकारि दिनु भयो ।

गिरीका अनुसार उद्दार गरेको महिलाको आवश्यक पालनपोषण र सुरक्षाको लागि धनगढीमा रहेको दृष्टि फाउन्डेशन नेपालको अल्पकालिन सुरक्षित घरमा राखिएको बताउनु भयो । त्रिविणी नगरपालिकाकी उपप्रमुख राधिकादेवी सुनार धनगढी पुगी ती महिलालाई फाउन्डेसनमा जिम्मा लगाउनाका साथै नगर पालिकाको तर्फबाट दश हजार आर्थिक सहयोग गरेको छ ।

उप प्रमुख सुनारका अनुसार ती महिला लामो समय देखि मानसिक सन्तुलन गुमेको, र न बोल्न सक्ने, न सुन्न सक्ने, सडक र जंगलमा डुल्ने घरमा नवस्ने गरेको बताउनु भयो । उप प्रमुख सुनारले फाउन्डेशनलाई नगरपालिका र व्यक्तिगत सहयोग आउदा दिनहरुमा गरी रहने वताउनु भयो ।

विज्ञापन

दृष्टि फाउन्डेशन नेपालको अल्पकालिन सुरक्षित घरकी सञ्चालिका कल्पना भट्टले फाउन्डेशन संग त्रिवेणी नगरपालिका बाजुरा पनि जोडीएकोमा खुसि ब्यक्त गर्नु भयो । मुठि दानको भरमा चलेको असायलाई सहारा दिने फाउन्डेशनमा अहिले ४१ वटा महिलाहरु र ३ वटा बच्चाहरु रहेको भट्टले जानकारि दिनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार