होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘धनगढीमा तत्काल निषेधाज्ञा र लकडाउन हुँदैन्, छलफल भईरहेको छ’
समाचार

‘धनगढीमा तत्काल निषेधाज्ञा र लकडाउन हुँदैन्, छलफल भईरहेको छ’

  • नागरिक रैबार
‘धनगढीमा तत्काल निषेधाज्ञा र लकडाउन हुँदैन्, छलफल भईरहेको छ’

धनगढी : धनगढीमा तत्काल लकडाउन वा निषेधाज्ञा जारी नहुने उप–महानगरपालिकाले जनाएको छ। कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीय तहमा निषेधाज्ञा र लकडाउन जारी भईरहेका बेला धनगढीमा भने तत्काल लकडाउन वा निषेधाज्ञा जारी गर्ने तयारी नरहेको उप–महानगरपालिकाले जनाएको हो।

उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले आजभोली नै लकडाउन वा निषेधाज्ञा जारी गनेबारे कुनै तयारी नभएको बताए। ‘धनगढीमा तत्काल निषेधाज्ञा र लकडाउन हुँदैन्। छलफल भने भईरहेको छ।’ प्रवक्ता मुडभरीले भने।

उनले सरकारी कार्यालय र स्वास्थ्य संस्थामा हुने भीडभाड नियन्त्रणका लागि भने थप सतर्कता अपनाउने तयारी भईरहेको बताए।

विज्ञापन

‘लकडाउन वा निषेधाज्ञा जारी गर्ने वा नगर्ने विषयमा विभिन्न पक्षसंग छलफल भने भईरहेको छ,’ उनले भने, ‘सबै पक्षबाट मिश्रित कुरा आईरहेको छ। त्यसैले तत्काल कुनै निर्णय भएको छैन्।’

धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले धनगढीमा संक्रमितको संख्या एक सय २८ पुगेको जानकारी दिए।

कोरोना संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेपछि सुदूरपश्चिमका विभिन्न पालिकामा निषेधाज्ञा गरिएको छ। दार्चुलाको मर्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

दाचुलाकै नौगाड गाउँपालिकाले एक वडाबाट अर्को वडामा प्रवेश बन्द गरेको छ। बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ र केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ले पनि कोरोनाको जोखिम बढदै गइरहेको भन्दै मंगलबार राति १० बजेदेखि वडालाई सिल गरेको छ। कैलालीको कैलारी गाउँपालिकाले पनि कोरोना भाईरसको संक्रमण थप फैलिन नदिन भोलीदेखि लकडाउन गर्ने भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार