होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्डलाई बामदेवको जवाफ : म सानो ठूलो कुनै पनि गुटमा लाग्दिनँ
समाचार

प्रचण्डलाई बामदेवको जवाफ : म सानो ठूलो कुनै पनि गुटमा लाग्दिनँ

  • नागरिक रैबार
प्रचण्डलाई बामदेवको जवाफ : म सानो ठूलो कुनै पनि गुटमा लाग्दिनँ

२१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताएका छन् ।

मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले आफू कुनै सानो ठूलो गुटमा नलाग्ने बताएका उनका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिएका छन् ।

‘क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो । उपाध्यक्ष क. वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क. प्रचण्डलाई बिदा गर्नुभयो’ सुवेदीले गौतमको तर्फबाट स्पष्टिकरण दिँदै फेसबुकमा लेखेका छन् ।

गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका सुवेदीले उल्लेख गरेका छन् ।

साउन १३ गते गौतमले ‘पार्टी विग्रह तत्ल रोक्न’ भन्दै ६ बुँदे प्रस्ताव राखेका थिए । त्यसअघि नेकपामा प्रचण्‍ड- माधव नेपाल समूहमा रहेका भनिएका गौतम उक्त प्रस्तावसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूहमा पुगेको चर्चा भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि