होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पश्चिम रुकुममा ४ सय घरमा बिजुली बल्दै
समाचार

पश्चिम रुकुममा ४ सय घरमा बिजुली बल्दै

  • नागरिक रैबार
पश्चिम रुकुममा ४ सय घरमा बिजुली बल्दै

पश्चिम रुकुम । मुसीकोट नगरपालिका वडा नं ७ र ८ का सबै घरधुरी विद्युत्को पहुँचमा पुग्ने भएका छन् । हालसम्म विद्युत्को पहुँच पुग्न नसकेका दुवै वडाका टोलमा अबका केही दिनमा बत्ती बल्न लागेको छ । विद्युत् पुग्न बाँकी रहेका घरमा बत्ती बलेपछि दुई वडाका सबै घर परिवार विद्युत्को पहुँचमा पुग्ने भएका हुन् ।

केन्द्रीय प्रसारण लाइनको विद्युत् पु¥याउनका लागि हाल तार विस्तारलगायतका काम धमाधम भइरहेका छन् । अबको दुई साताभित्रमा बत्ती बाल्ने गरी काम भइरहेको वडा नं ८ का अध्यक्ष बुद्धिप्रसाद बुढाले बताए ।

नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमार्फत वडा नं ७ का खालबोट, चौतारा, ग्याम्माखोला, जग्देछरा र च्यारनेटा तथा वडा नं ८ का खावाङखानी, क्वाम्मा खोला, उदिन ढुङ्गा, सल्लेधारा, घट्टेखोला र तिर्सिङ टोलमा विद्युत् पुग्दैछ ।

यसअघि यी टोलका नागरिकले स्थानीय पातलखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा लिइरहेका थिए । १८ किलोवाट क्षमताको उक्त आयोजनामा पटकपटक खराबी आउँदा समितिले सञ्चालन गर्न नसक्ने भएपछि यी टोलमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम भइरहेको वडाध्यक्ष बुढाको भनाइ छ ।

उनका अनुसार यसअघि नै गाडिएका पोलमा तार विस्तारको काम भइरहेको र प्रत्येक घरमा वायरिङको कामसमेत सकिएको छ । मिटर आउँन बाँकी रहेकाले मिटर आउने वित्तिकै सबै घरमा बत्ती बल्ने उनको भनाइ छ ।

नगरपालिकाकै सबैभन्दा विकट वडाका रुपमा रहेको वडा नं ८ मा गत माग २९ गते केन्द्रीय प्रसारण लाइनको बत्ती बलेको थियो । वडा नं ७ मा भने पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बत्ती पुग्न लागेको हो । यसअघि वडाका ३५० देखि ४०० घरपरिवारले ३९ किलोवाट क्षमताको स्थानीय साँखखोला–१ लघुजलविद्युत् आयोजनाबाट सेवा लिँदै आइरहेका छन् ।

बाँकी रहेका घरधुरीमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्न लागेको वडा नं ७ का सदस्य तोकबहादुर खत्रीले जानकारी दिनुभयो । दुई वडाका ४०० बढी घरमा बिजुली बल्न लागेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि