नागरिक रैबार/बाजुरा २३ जेठ। सरकार ! दुरपति शार्की बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. २ स्थिति माईती गाउँमा बस्ने एक आम दलित महिला नागरिक हुन यो होईनन् ? यो गम्भीर प्रश्न हो ।
खप्तड छेडेदह गाउँपालिकाको दलित समुदाय माईती घरको छाप्रोमा बस्ने दुई सन्तान कि आमा हुन्, दुरपति । छोरी मना शार्कीको उमेर २५ वर्ष भयो । छोरा तेज शार्कीको उमेर २५ वर्ष भयो । ६० काटीसकेकी दुरपतिले भनिन् यो उमेरमा न मैले यहाँको नागरिकता पाए । न छोराछोरीलाई नै यहाँका नागरिक भनाउँन पाँए ।
निकै दुःख लाग्या छ । को सित भनौँ ? कोही कसैले मेरो कुरा सुनिदिँदैनन् । तीन जनाको यो दलित समुदाय कुन देशका नागरिक हौँ सरकार भनिरहेका छन् ।
यसमा पुरै सरकारी संयन्त्र बेलकुल वेखबर छ । उमेरले ६० काटी सकेकी उनी कैयौँपटक सरकारी निकायसंग आफ्नो पहिचानको भिख मागिरहिन् तर, उनको सुनुवाई कहीँ कतैबाट भएन् । यीनले न यहीँको नागरिक हुँ भन्न पाईन् । न यहीँको रैथाने हँु भन्न नै पाईन् ।
वृद्धभात्ता खाने उमेरकी दुरपतिले बझाङ्ग जिल्लाको खप्तड छान्ना गाँउपालिका वडा नं.६ विणा बस्ने मदन शार्कीसँग विवाह गरेकी थिईन् । उनका पतिले १५ वर्ष पहिले अर्को विवाह गरि अन्तै घरजाम गरेर बसेपछि दुरपति नाबालक छोराछोरीसहित माईत घर खप्तड छेडेदह गाउँपालिका वडा नं. २ दलित समुदाय माईतीमा बस्दै आएकी हुन् ।
सानै छँदा छोरा तेजलाई दादुरा रोग लागेर राम्रो औषधी उपचार हुन नसकेपछि उहिल्यैदेखि दृष्टि विहिन छ । राज्यको कुनै दायरामा आउन नसक्दा न उसले अपाङ्ग भत्ता पाउँछन् । न कुनै अन्य सरकारी सेवा सुविधा नै पाउँछन् । सामाजिक सुरक्षाको त कुरै छोडौँ हजुर भन्दै गुनासो गरिन् ।
मना शार्की दुरपतिकी जेठी छोरी हुन् । उनले भनिन् नागरिकता नहुँदा कुनैपनि सरकारी सेवा सुविधा पाएनौँ । तत्कालिन प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौउपानेलाई नागरिकताका लागि भन्दा उहाँले पहिला श्रीमान्का नागरिकता ल्याउ । बझाङ्ग जिल्लाबाट बसाई सराईको कागज ल्याउ । स्थानीय तहका सम्बन्धीत वडाको सिफारिस ल्याउ । अनि नागरिकता बनाई दिउँला भने । यो सब कुरा कहाँबाट कसरी ल्याउँने ? न वडा अध्यक्ष मिन बहादुर शाहीले सुने । न कोही आफन्तले सुने । हुन त आफ्नो भन्नु को नै थियो र ? यहीँ माइतीले दिएको सानो छाप्रोमा बस्दै आएछौँ ।
एकतिर भूमिहिन् मान्छे । अर्कोतिर नागरिकतै नभएकी मान्छे । कस्ले हेरिदेउस् हामीलाई निकै निरासीँदै भनिन् दुरपतिले । दलित समुदायलाई लक्षित गरेर जनताआवस कार्यक्रम लागु भन्थे गाउँका तर, त्यसमापनि मेरो नागरिकता नहुँदा त्यो कार्यक्रमबाट पनि छुटे के गर्ने हजुर ? घरकी न घाटकी भए । जवान छोरी छ । यसलाई के गरु । विहे गर्ने उमेर भयो । आर्थिक स्थितिपनि निकै नाजुक छ । यो दृष्टिविहिन छोराको स्याहारसुसार केले गरु ? आफू दिनप्रतिदिन बुढी हुँदै गए । अरुको काम गरेर अहिलेसम्म जसो तसो गरेका छौँ । समस्याई समस्या छ उनले भनिन् ।
नेपालका संविधान भाग २ को दफा १० मा नागरिकता पाउँन हकबाट कोही कसैलाई वञ्चित गरिनै छैन् भनिएको बढा सुनौलो वाक्यांश छ । दफा ११ मा नागरिकता ठहर्ने भन्ने वाक्यले यसरी पुष्ठ गरेको छ । यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरु नेपालको नागरिक हुने छन् ।
तर, यी दुरपति नेपालको नागरिक हुन योग्य ठहरिनन् । अर्को कुरा दफा ११ को उपदफा २ बमोजिम भनिएको छ कि नेपालको संविधान प्रारम्भ हुँनुभन्दा अघि वंशजको आधारमा नागरिकता प्राप्त गरेको व्यक्ति , (ख) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजका आमा अथावा बुबा नेपालका नागरिक भएको व्यक्ति नेपालको नागरिक ठहरिने छ भनिएको छ ।
तर, दुरपति यो संविधान बमोजिमकी नागरिक न त्यहाँको स्थानीय सरकाले मानेको छ न यहाँको स्थानीय प्रशासनले मानेको छ । यसरी सरकारी संयन्त्रका संचालक एक नागरिक प्रति यति वेवास्था गर्छ भने के हालत हुन्छ त ति दलित परिवारको ?
फेसबुक प्रतिक्रियाहरु