होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु
समाचार

कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

  • नागरिक रैबार
कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।काठमाडौंमा ७ जना, कास्कीमा ५ जना, सुनसरीमा २ जना, इलाम, झापा, सप्तरी, ललितपुर, दोलखा, मकवानपुर, चितवन, तनहुँ, गुल्मी र रोल्पाका १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जानकारी दिएका छन् ।

  • चुलाचुली नगरपालिका– ६ इलामकी ८४ वर्षकी महिलाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि कात्तिक १८ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • दमक नगरपालिका–३ झापाका ६४ वर्षका पुरुषको विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार विहान मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएका उनमा दमको समस्या थियो ।
  • राजविराज नगरपालिका– २ सप्तरीका २८ वर्षका पुरुषको बुधबार विहान ११ बजे साइकृष्ण मेडिकल कलेजको आइसोलेसनमा मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी गजेन्द्रनारायण सिंह अस्पतालका ल्याबमा काम गर्ने कर्मचारी हुन् ।
  • इटहरी उपमहानगरपालिका–६ सुनसरीकी ९ वर्षकी बालिकाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मृत्यु भएको छ । कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १८ गते भर्ना गरिएको थियो ।
  • धरान उपमहानगरपालिका–१ सुनसरीकी ६१ वर्षकी महिलाको बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । असोज ३० गते कोरोना संक्रमण पुष्टि भएकी उनी कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन् । स्वासप्रश्वासमा समस्या देखिएकी उनी उच्च रक्तचापको बिरामी थिइन् ।
  • वौद्ध काठमाडौंका ७१ वर्षका पुरुषको बुधबार मृत्यु भएको छ । निमोनिया र मुटुको समस्या भई कात्तिक १५ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोगी थिए ।
  • कागेश्वरी मनहरा नगरपालिका काठमाडौंका ४९ वर्षका पुरुषको कात्तिक १८ गते मृत्यु भएको छ । कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया र मुटुको समस्या देखिएपछि कात्तिक १७ गते अस्पताल भर्ना भएका थिए । उनमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या थियो ।
  • कीर्तिपुर काठमाडौंका ८२ वर्षका पुरुषको बुधबार मृत्यु भएको छ । कात्तिक १८ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंकी ५२ वर्षकी महिलाको कात्तिक १८ गते मृत्यु भएको छ । निमोनिया भएपछि कात्तिक ११ गते अस्पताल भनाए भएकी उनमा कात्तिक १८ गते नै संक्रमण पुष्टि भएको हो ।
  • सामाखुशी काठमाडौंकी ८६ वर्षकी महिलाको कात्तिक १८ गते मृत्यु भएको छ । कात्तिक १७ गते निमोनिया र मुटुको समस्या भई अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • गैरीधारा काठमाडौंकी ७१ वर्षकी महिलाको कात्तिक १८ गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक १५ अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप, मिर्गौला रोग र मुटुरोग थियो ।
  • कीर्तिपुर काठमाडौंकी ८२ वर्षकी महिलाको बुधबार मृत्यु भएको छ । कात्तिक १७ गते अस्पताल भर्ना भएकी उनमा कात्तिक १७ गते संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचापको समस्या थियो ।
  • गोदाबरी ललितपुरका ८७ वर्षका पुरुषको कात्तिक १७ गते मृत्यु भएको छ । कात्तिक ४ गते संक्रमण पुष्टि भएका उनी कात्तिक १७ गते अस्पताल भर्ना भएका थिए ।
  • बिगु दोलखाका ७७ वर्षका पुरुषको बुधबार मृत्यु भएको छ । निमोनिया भई कात्तिक १२ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • मकवानपुरका ५७ वर्षका पुरुषको कात्तिक १७ गते मृत्यु भएको छ । कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएपछि कात्तिक १० गते अस्पताल भर्ना भएका थिए ।
  • राप्ती नगरपालिका–१० चितवनकी ३९ वर्षकी महिलाको बुधबार विहान भरतपुर अस्पतालमा मृत्युभएको छ । कात्तिक १५ गते स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनमा कात्तिक १७ गते संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–३२ कास्कीकी ४२ वर्षकी महिलाको कात्तिक १८ गते राति ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक १६ गते संक्रमण पुष्टि भएको उनमा निमोनिया, मिर्गौला रोग र हाइपरटेन्सनको समस्या भएको थियो ।
  • पोखरा महानगरपालिका–२६ कास्कीका ७३ वर्षका पुरुषको बुधबार विहान ७ः२५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या थियो ।
  • पोखरा महानगरपालिका–२५ कास्कीका ५२ वर्षका पुरुषको बुधबार विहान साढे ७ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा कात्तिक १५ गते संक्रमण पुष्टि भएको थियो । उनमा पनि निमोनियाको समस्या देखिएको थियो ।
  • पोखरा महानगरपालिका– १६ कास्कीका ५९ वर्षका पुरुषको मंगलबार राति ११ बजे चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको छ । उनमा कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका– १६ कास्कीका २८ वर्षका पुरुषको मंगलबार विहान मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • ब्यास नगरपालिका– ४ तनहुँका ७० वर्षका पुरुषको बुधबार पौने १ बजे पोखराको चरक अस्पतालमा मृत्यु भएको छ । उनमा कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • मेवाङ रोल्पा घर भएकी पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणका कारण काठमाडौंको नर्भिक अस्पतालमा बुधबार विहान मृत्यु भएको छ । कात्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना भएकी उनमा कात्तिक १४ गते संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या बढ्दै गएपछि हेलिकप्टरबाट कात्तिक १४ गते नै काठमाडौं ल्याइएको थियो । उनी माइस्थेनिया नामको रोगबाट पीडित थिइन् ।
  • गुल्मीदरबार गाउँपालिका–६ गुल्मीका ८५ वर्षका पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा मंगलबार साँझ मृत्यु भएको छ । कात्तिक १३ गते संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचापको बिरामी थिए । अनलाइन खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै