होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलाली प्रहरी हत्या प्रकरणमा थप एकजना पक्राउ
समाचार

कैलाली प्रहरी हत्या प्रकरणमा थप एकजना पक्राउ

  • नागरिक रैबार
कैलाली प्रहरी हत्या प्रकरणमा थप एकजना पक्राउ

१९ कात्तिक, कैलाली । अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद हत्याप्रकरणमा थप एकजना पक्राउ परेका छन् ।कात्तिक १ गते राति तस्करी नियन्त्रण गर्ने क्रममा धनगढी १० मा २ प्रहरी मारिएका थिए । घटना भएको १९ दिनपछि प्रहरीले थपएक जनालाई पक्राउ गरेको छ ।

हत्या काण्डामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका व्यापारी राजीव गुप्तालाई पक्राउ गरेको हो । व्यापारी गुप्ताले नै मटर तस्करी गर्न लगाएको प्रहरीको ठहर छ ।तस्करी भएको सामान गुप्ताको भएको खुलेपछि उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

‘त्यो बेला तस्करी भएको सामान गुप्ताको रहेको खुलेको छ । त्यसपछि हामीले उनलाई पक्राउ गरेका हौँ,’ उनले भने । करिब २५ लाख बढीको मटर तस्करी हुँदै गर्दा प्रहरीले रोकेपछि २ प्रहरीको हत्या गरिएको यसअघि पक्राउ गरेका अभियुक्तहरूले स्वीकार गरिसकेको उनले बताए । प्रहरीको हत्यापछि तस्करले मटर भारत पुराएका थिए ।

विज्ञापन

गुप्ताले जुनसुकै अवस्थामा पनि मटर तस्करी गर्न तस्करहरूलाई दबाब दिएको प्रहरी स्रोतको भनाइ छ ।‘जुनसुकै अवस्था आए पनि तस्करी गर्नु भन्ने निर्देशन गुप्ताले दिएका थिए’एक प्रहरी अधिकारीले भने,‘प्रारम्भिक अनुसन्धानमा गुप्ताले तस्करी गर्न दबाब दिएको र २ प्रहरीको हत्या भएको देखिएको छ ।’

कार्तिक १ गते बेपत्ता भएका असईको विकको शव २ गते र प्रहरी जवान साउदको शव ४ गते फेला परेको थियो ।दुवै जनाको शव विभत्स ढंगले हत्या गरेको अवस्थामा मोहना नदीमा फेला परेको थियो । हत्यामा संलग्न भएका ८ जनालाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने राम गोपाल रानालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

अझै केही व्यक्ति फरार रहेको प्रहरी अधिकारी बताउँछन् ।‘वयानका क्रममा केही अन्य व्यक्तिहरूको पनि नाम आएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘उनीहरु फरार छन् । खोजीकार्य जारी छ ।’अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ दिन अगाडि

भर्खरै