होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लकडाउनबारे ओलीलाई आए दुईथरी सुझाव, सीसीएमसी र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर निर्णयमा पुगिने
समाचार

लकडाउनबारे ओलीलाई आए दुईथरी सुझाव, सीसीएमसी र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर निर्णयमा पुगिने

  • नागरिक रैबार
लकडाउनबारे ओलीलाई आए दुईथरी सुझाव, सीसीएमसी र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर निर्णयमा पुगिने

काठमाडौं । कोरोनाभाइरस संक्रमित धमाधम थपिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सरोकारवाला र विज्ञहरुलाई बालुवाटारमा बोलाएर सुझाव लिएका छन् । सो क्रममा विज्ञहरुले प्रधानमन्त्रीलाई दुईथरीका सुझाव दिएका छन् । केही विज्ञले तत्काल १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् भने केहीले चाहिँ अवस्थालाई सामान्यकरण गर्दै आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न सुझाएका छन् ।

जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले विज्ञहरुले १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाएको बताए ।

बालुवाटारमा प्रधानमन्त्रीले विज्ञहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पाण्डेले आफूलगायत केही विज्ञहरुले १५ दिन कडाखालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

‘पहिले भारतबाट आएका मात्रै संक्रमित हुन्थे भने अहिले कम्युनिटीमा पनि संक्रमित बढेका छन् । हामी अहिले कुन स्टेजमा छौं र के गर्ने भन्नेबारेमा धारणा राखियो’, उनले भने, ‘१५ दिन कडा खालको लकडाउन गर्ने र त्यसपछि जनस्वास्थ्यका मापदण्ड अपनाउने भन्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको छ ।’

केही विज्ञले भने कोरोना अहिले नै नियन्त्रणमा आउन सक्ने अवस्था नरहेको र २–३ वर्षपनि लम्बिन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाएर अवस्थालाई सहजतातिर लैजानु पर्ने धारणा पनि राखेको उनले बताए ।
यद्यपी कोरोनाको विषयमा केयरलेस हुँदै जाँदा भयावह स्थिति आउन सक्ने भएकाले सरकारले उचित निर्णय गरेर अघि बढ्नुपर्नेमा सबैपक्ष एकमत भएको उनले बताए । उनले भने, ‘विज्ञहरुले दिएको सुझावको आधारमा एमसीसी, स्वास्थ्य मन्त्रालय र क्याबिनेटमा छलफल गरेर उचित निर्णय गर्छु भन्नु भएको छ । आशा गरौं कोरोना नियन्त्रणमा सकारात्मक पहल होला ।’

बैठकपछि अर्का जनस्वास्थ्यविद डा समिरमणि दीक्षितले भने देशभर लकडाउन गर्नुको साटो संक्रमण बढी भएका स्थानमा लकडाउन गर्नुपर्ने र अन्य स्थानमा व्यवस्थित बनाउँदै लैजानुपर्ने सुझाव दिएको बताए ।
उनले समग्रमा सवैतिर लकडाउन गर्दा आर्थिक लगायतका गतिविधि ठप्प हुनसक्ने र त्यसले थप मार खेप्नुपर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने आफ्नो सुझाव रहेको जानकारी दिए ।

सवैको सुझाव सुनिसकेपछि प्रधानमन्त्री केपी ओलीले एमसीसी, स्वास्थ्य मन्त्रालयसँग समेत छलफल गरेर लकडाउनको मोडालिटी तयार गरिने बताएका थिए । उनले नेपाल र नेपाली कोरोनाको संकटमात्र नभएर विभिन्न संकटहरु पार गर्दै आएकाले यो संकटलाई पनि पार लगाउने विश्वास व्यक्त गरेका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाका साथै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको पनि सहभागिता रहेको थियो । यस्तै स्वास्थ्य मन्त्रालय र सिसिएमसीका पदाधिकारी पनि सहभागी थिए ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले बोलाएको विज्ञ तथा सरोकारवालाहरुको बैठकमा आफ्नो ७ बुँदे धारणा राखेका छन् । देउवाले प्रमुख प्रतिपक्षी दलको तर्फबाट आफ्नो २ बुँदे धारणा राखेका हुन् ।

बैठकमा देउवाले कोरोना नियन्त्रणका क्रममा हालसम्म भएका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्दै स्वास्थ सामग्री खरिदमा भएको अनियमिततामा संलग्नलाई कारबाही गर्न सुझाएका थिए ।
यस्तै आरडीटी परिक्षण स्थायी रुपले अन्त्य गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउन, मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र व्यवस्थापन गर्नुपर्ने, स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध गर्नुपर्नेलगायतका ७ बुँदे सुझाव पनि बैठकमा देउवाले राखेका थिए ।

यस्तै ठाकुरले सरकारले यसअघि लामो समय लकडाउन गरेपनि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले लकडाउन गरेरमात्रै नहुने यसअघि नै स्पष्ट भएकाले सरकारको आगामी योजना के छ भन्दै प्रश्न समेत गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै