होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बैतडीमा बस दुर्घटना हुँदा ५ जना घाइते
देश/प्रदेश

बैतडीमा बस दुर्घटना हुँदा ५ जना घाइते

  • नागरिक रैबार
बैतडीमा बस दुर्घटना हुँदा ५ जना घाइते

बैतडीमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा बुधबार बिहान भएको बस दुर्घटनामा बैतडी सुर्नयाकी २२ वर्षीया बिनिता कुँवर, दार्चुला व्यासकी ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोबिन्दी कुँवर, दार्चुला दुहुका ३० वर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल घाइते प्रहरीले जनाएको छ।

घाइतेहरुलाई उपचारका लागि बैतडी र दार्चुला अस्पतालमा पठाइएको छ। प्रहरीचौकी खोचलेकका प्रहरी सहायक निरीक्षक शंकर दत्त भट्टको टोलीले घाइतेहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए। बसमा रहेका अन्य ३५ जनाको अवस्था भने सामान्य रहेको उनले बताए।

महेन्द्रनगरदेखि गन्ना जाँदै गरेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस न्वालीमा नालीमा पल्टिन गई दुर्घटनामा परेको हो। बस चालक दिपक बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार