होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नागरिकको सुरक्षा र उपचारमा खटिनेलाई नै कोरोनाको जोखिम
समाचार

नागरिकको सुरक्षा र उपचारमा खटिनेलाई नै कोरोनाको जोखिम

  • नागरिक रैबार
नागरिकको सुरक्षा र उपचारमा खटिनेलाई नै कोरोनाको जोखिम

काठमाण्डाै – हामी जब असुरक्षित महसुस गर्छाैँ तब सुरक्षाकर्मीसँग गुहार माग्छौँ । जब अस्वस्थ हुन्छौँ, डाक्टर र स्वास्थ्यकर्मीकोमा पुग्छौँ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हामीलाई परेको बेलामा अग्रपङ्क्तिमा बसेर काम गर्छन्, सहयोग गर्छन् । अहिले कोरोना महामारी र प्राकृतिक विपद्मा पनि उनीहरु यसैगरी काम गरिरहेका छन् ।

एकातिर कोरोना नियन्त्रण र उपचारको काम, अर्कोतिर बाढी पहिरोमा परेकाको उद्धार र उपचार । अरुको उपचार र उद्धारमा खटिरहेका उनीहरु अहिले आफैँ जोखिममा छन् ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा सङ्क्रमण बढ्दो

अग्रपङ्क्तिमा बसेर काम गर्ने सुरक्षाकर्मी, डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको जोखिम उच्च देखिएको छ । प्राकृतिक विपद्मा परेकालाई उद्धार गरेर फर्किएका एक प्रहरीलाई सङ्क्रमण देखिएपछि प्रहरी प्रधान कार्यालयका अरु केही प्रहरीमा पनि कोरोना भेटिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका ७२ प्रहरीमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई जना ट्राफिक प्रहरीमा पनि सङ्क्रमण पाइएको छ । अहिले महाशाखाका कर्मचारी र ट्राफिक प्रहरीलाई क्वरेण्टीनमा राखिएको छ ।

काठमाण्डौसहित देशभर अहिलेसम्म दुई सय ५३ जना सुरक्षाकर्मीमा कोरोना देखिएको छ । जसमध्ये एक सय तीन जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक सयभन्दा धेरै डाक्टरसहित स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । डाक्टर र स्वास्थ्यमर्कीमा सङ्क्रमण देखिने सम्भावना अझै बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

उहाँले सुरक्षित हुने गरी मास्क र पन्जा लगाउन तथा स्वास्थ्य सुरक्षाका सामग्री अनिवार्य प्रयोग गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा नगरेकाले उनीहरुमा कोरोना सङ्क्रमण बढेको पाइएको छ ।

सुरक्षाकर्मीमा जोखिम बढेपछि सुरक्षा निकायलाई सावधानी अपनाउन परिपत्र गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवेर कडायत भन्नुहुन्छ, ‘परिस्थति नै यस्तै छ । यस्तो बेला सुरक्षाकर्मीलाई फिल्डमा नखटाइ हुँदैन तर सबैलाई पीपीई सेट पनि सम्भव नहुँदा जोखिम थप बढ्यो ।’

अहिले फिल्डमा खटिने ट्राफिक प्रहरी र केही प्रहरीले मास्क, पन्जा र भाइजर लगाउँछन् । केहीले भने पीपीई सेट लगाउँछन् । तर सबैलाई पीपीई सेटलगायतका सुरक्षाका सामग्री पुगेको छैन ।

अग्रपङ्क्तिमा खटिनेलाई विशेष उपचार

कोरोनाको जोखिम थप बढ्दै गएपछि सरकारले कोरानाको परीक्षण बढाउँदै अग्रपङ्क्तिमा रहेर काम गर्नेलाई प्राथमिकतामा राखेर उपचार गर्ने जनाएको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले मापदण्डसमेत परिवर्तन गरेको छ ।

मन्त्रालयले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन विशेष उपचारको व्यवस्था गरेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डाक्टर विकास देवकोटाले बताउनुभयो ।
उहाँले अग्रपङ्क्तिमा काम गर्नेलाई लक्षण देखिए तुरुन्त उपचार गरिने र उनीहरुको सम्पर्कमा रहेकाको पनि परीक्षणको व्यवस्था गरेको बताउनुभयो ।

यस्तै सुरक्षा निकायका चालक, मेसमा काम गर्ने सबैको स्वास्थ्य परीक्षण गर्ने सरकारको तयारी रहेको उहाँले बताउनुभयो ।

अवस्था जटिल रहेकाले यस्तो बेला आफैँ सचेत हुन स्वास्थ्य मन्त्रालयले पटक–पटक आग्रह गर्दै आएको छ । कोरोना भाइरसले जसलाई पनि आक्रमण गर्न सक्ने हुँदा व्यक्ति आफै सचेत हुनुपर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम बताउनुहुन्छ ।

नागरिकको सुरक्षाका लागि खटिनुपर्ने भएकाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले सुरक्षाका सामग्री लगाएर सेवामा खटिनुपर्ने उहाँको भनाइ छ ।

कम्तीमा व्यक्तिसँग दुई मिटरको दुरी कायम गर्न, उचित तरिकाले मास्क लगाइ राख्न, बेलाबेलामा साबुन पानीले हात धुन र स्यानिटाइजर लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै