होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अस्पतालले डोजर लगाएपछि बडीमालिका बोडिङ्ग स्कुलको बेजोग
Breaking News

अस्पतालले डोजर लगाएपछि बडीमालिका बोडिङ्ग स्कुलको बेजोग

खुला आकासमुनि विद्यार्थीको पठन-पाठन

  • नागरिक रैबार
अस्पतालले डोजर लगाएपछि बडीमालिका बोडिङ्ग स्कुलको बेजोग

मदन वि.क./बाजुरा २० माघ। जिल्ला अस्पताल बाजुराले बडीमालिका बोडिङ्ग स्कुलको केही भाग आफ्नो हाता भित्र परेको भन्दै डोजर लगाएपछि पुरै स्कुलको बेजोग भएको छ । जिल्ला अस्पतालको हाता भित्रको जग्गामा बडीमालिका बोडिङ्ग स्कुलको केही भाग परेको भन्दै  डोजर लगाएर आफ्नो जग्गा फेर्ता लिन थालेपछि बडीमालिका बोडिङ्ग स्कुल अहिले जोखिममा परेको हाे ।

अस्पतालले विद्यालयको व्लक १ र २ को पछाडि पट्टीको भागमा डोजर लगाएपछि उक्त व्लकहरु पुरै भत्किने अवस्थामा पुगेका छन् । अहिले विद्यालयका २ वटा व्लकहरु पुरै जोखिममा परेपछि उक्त व्लकहरुमा पढाई हुँदै आएका नियमित कक्षाहरु दुईदिन देखि खुला आकासमा विद्यार्थीहरुलाई राखेर पढाई संचालन गर्नु पर्ने बाध्यता भएको बडीमालिका बोडिङ्ग स्कुलले बताएको छ ।

जिल्ला अस्पतालले आफ्नो जग्गा लिनु स्वभाविक हो तर आफ्नो जग्गा लिने बेला अरुको नोक्सानी हुनेगरि काम गरिनु अस्वभाविक भएको बडीमालिका बोडिङ्ग स्कुलका संचालक लालकेशर पाण्डेले बताएका छन् । सरकारी संरचना निर्माण गर्दा हामी सवैले साथ दिनु पर्छ तर सरकारी संरचनाहरु निर्माण गर्दा निजि क्षेत्रका संरचनाहरुको पनि जोखिम्तालाई पनि मध्येनजर गरेर काम गरिनु पर्थो तर त्यो भएन संचालक पाण्डेको भनाई छ । अस्पतालको हाता भित्रको जग्गामा कुनै ठाउँमा आफ्नो जग्गा समेत परेको र कुनै ठाउँमा आफ्नोमा अस्पतालको जग्गा समेत परेको छ उनले भने ।

विज्ञापन

यता जिल्ला अस्पताल व्यवस्थापन समितिले भने अस्पतालको हाता भित्र स्कुलको केही भाग परेकोले आफ्नो जग्गामा मात्रै डोजर लगाएर भत्काएको बताउँदै आएको छ । यस अघि अस्पताल व्यवस्थापन समितिले अस्पतालको हाता भित्र पर्ने जग्गा अतिक्रमण गर्ने जग्गा धनि लालकेशर पाण्डेलाई ३० दिन भित्र अस्पतालको जग्गा खालि गर्न निर्देशन दिएको थियो । तर ३० दिनसम्म जग्गा खालि गर्न म्याद दिँदा पनि जग्गा पाण्डेले जग्गा खालि नगरेपछि डोजर लगाएर जग्गा भत्काउन बाध्य भएकोे अस्पतालले व्यवस्थापन समितिले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार