होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाटोमै जन्मे बाटोमै मरे जनजातिका बच्चा !
समाचार

बाटोमै जन्मे बाटोमै मरे जनजातिका बच्चा !

चाै बाटाेका कुरा

  • नागरिक रैबार
बाटोमै जन्मे बाटोमै मरे जनजातिका बच्चा !
फाएल फाेटा प्रकाश सिहबाट

नागरिक रैबार
मंसिर १७ बाजुरा ।
बाजुरा जिल्लाको हिमाली भेगतिर बसोबास गदै आएका जनजाति समुदायका मान्छेहरु चिसो छल्न बेसी झर्ने कुरा पुरानै हो । उनीहरु अधिकाँश पशुपालन व्यवसायमा संलग्न हुन्छन् । गर्मी मौसममा लेकतिर, जाडो मौसममा औल (वेसीतिर) बसाई सराई गरिहाल्छन् । प्रायः एकैठाउँमा स्थायी घर बनाई बस्ने कमै भेटिन्छन् । गाईबस्तु, घोडाखच्चर, भेडापाठासहित लेकवेसी गर्दागर्दै उनीहरुको जीवनशैली नै एक यात्री सरहनै हुने गर्छ । कतिपयका जनजाति महिलाहरुका बाटोमै बच्चा जन्मीन्छन्, बाटोमै मर्छन् । यो उनका लागि नयाँ कुरा नै भएन् ।
उदारहण १,
हिमाली गाँउपालिका वडा नं. ३ बौडी बस्ने जौमा थापा चिसो छल्न सपरिवार सहित यही कार्तिकको अन्तिम सातातिर अछाममा बसाई सरिन् । बाटोमा जाँदै गर्दा उनकी ५ महिनाकी छोरी बिरामी परिन् । बिरामी भएको एक दुईदिनमा छोरीको बाटोमै मृत्यु भयो । तीन सन्तान जन्माएकी उनको पहिलो सन्तान पनि बर्षातमा चिन तिर जाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
उदारहण २,
बुढिनन्दा नगरपालिका वडा नं. ८ बस्ने डोमा गुरुङ्ग ३८ बर्षकी भईन् । उनीपनि हिउँदमा औल (वेसीतिर) र बर्षादमा भोट जाने गर्छिन् । उनले लेकवेसी गर्दागर्र्दै बाटोमै ११ बच्चा जन्माई सकेकी छिन् । जन्मेका ११ बच्चा मध्ये अहिले उनीसँग तीन बच्चामा मात्र जिवित छन् । उनका ८ वटा बच्चा बाटोमै जन्माएर मृत्यु भइसकेका छन् । बसाई सराई गरि त्रिपाल मुनी र खुला आकासमुनीको बसाईले गर्दा चिसो हुने र बच्चा पाँउदा बिभिन्न समस्या हुने भएकाले बच्चा बचाउन नसकेको डोमा बताउछन् । बच्चा हुन्छन्, बढिमा ६ महिना सम्म बाँच्छन् । त्यसपछि खै के कसरी मृत्यु हुने गरेको उनले बताईन् । अहिले उनीसँग दुई बर्षको बच्चा छ । त्यो पनि अछामबाट बाजुरा घर आउने बेला बाटोमै जन्माएको वताईन् । भेडा लिएर कहिले औल जाने कहिले भोट (चिन) जाने भएका भएकाले बच्चा जन्मने मर्ने यस्तै भए । जन्मान्तर गर्ने अन्य रोकथाम तथा परिवार नियोजनका अस्थाई स्थायी बन्ध्याकरण सम्बन्धी कुनै जानकारी नभएकाले यसो भएको दुखेसो गरिन् ।
उदाहरण ३,
बुढिनन्दा नगरपालिका वडा नं. ७ बस्ने ५३ वर्षीया बिस्ना गुरुङ्गले १५ बच्चा जन्माईन । प्राय सबै बालबच्चा बाटोमै जन्मेको उनले बताईन् । जसमध्ये ७ वटा बच्चाको बाटोमै मृत्यु भएको भनिन् ।
उदाहरण ४,
सोही गाँउ बस्ने अर्की तनी थापाले पनि ७ वटा बच्चा दुखका साथ हिड्दा हिड्दै बाटोमै जन्माईन् । बाटोमै जन्माएका ७ सन्तान मध्ये ५ सन्तानको मृत्यु बाटोमै भयो । बाटोमा चिसो र बच्चाको स्याहार सुसार कम हुँदा घर फर्कदा सम्म मृत्यु भएको तनी थापाले बताईन् । बाटोमा न त राम्ररोसँग खाना खान पाए, नत आरामनै । आफु पनि कमजोर भएको र अर्को तिर बच्चालाई समेत जोगाउन नपाएको उनले दुखेको पोखिन् ।
भोटे जनजाति महिला एकातिर धेरै बच्चा जन्माउँछन अर्कोतिर बाटोमा बालबच्चा जन्माउने भएकाले उनीहरुको स्वास्थ्य निकै कमजोर हुदै आएको छ । कडा परिश्रम गर्नुपर्ने बाध्यता त एकातिर छदै छ अर्कोतिर आरामले समेत बस्न नपाएको उनले बताईन् । आफुले भारी बोक्नेदेखि लिएर सबै काम गर्नुपर्ने बाध्यता रहेको बताईन् । चिसो छल्न र गरिबिका कारण भेडा च्याङ्गा, गाईबस्तु र सपरिवार सहित हिउँदका ६ महिना वेसीतिर झर्ने भएकाले अधिकांश महिला बाटोमै बच्चा जन्माउने गरेको नेपाल भोटे जनजाति महासंघका नृप थापा (भोटे)ले बताए । जन्मेका धेरै बच्चाहरुको बाटोमै मृत्यु हुने गरेको उहाँले बताए ।
मध्ये तथा सुदूरका पहाडी जिल्ला बाजुरा, बझाङ्ग, मुगु, हुम्ला, जुम्लाका जनजाति समुदायका बासिन्दा मौसमी बसाई सर्ने गरेका छन् । ति क्षेत्रका जनजाति महिलाहरु बसाई सर्ने क्रममा बाटोमा बच्चा जन्माउने गरेका छन् । आफुहरुमा रहर नभएर बाध्यताले यस्ता समस्या भोग्दै आएका पाण्डुसेन बस्ने लछु बोगटीले बताईन् । घरमा खान पनि पुग्दैन भेडा लिएर औल (वेसितिर) जान्छौ, भेडा मार्फत सामान बोकेर परिवार पाल्छौ अनि बाटोमै बच्चा नजन्माएर कहाँ जन्माउनले लछुले बताईन् ।
गर्भवती भएको समयमा स्वास्थ्य संस्थाहरु पनि देख्दैनो, अर्कोतिर कुनै खोप समेत नलगाउने गरेको जनजाति महिलाहरु बताउछँन् । बाटोमै जन्माएका बच्चाहरु मर्ने र आफुहरुको स्वास्थ्य समेत कमजोर हुने गरेको जनजाति महिलाहरु बताउँछन् । बाजुराका उत्तरी क्षेत्रका ४ वटा स्थानीय तहमा भोटे जनजाति समुदायका मान्छेहरु बसोवास गर्ने गरेका छन् ।
यसरी समयानुसार न त जनजाति महिला सचेत छन् । न त राज्य नै यिनका विषयमा अप्डेट हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै