होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आगलागी पीडितलाई हुम्लामै पुगेर युवाहरुले दिए राहत
समाचार

आगलागी पीडितलाई हुम्लामै पुगेर युवाहरुले दिए राहत

  • नागरिक रैबार
आगलागी पीडितलाई हुम्लामै पुगेर युवाहरुले दिए राहत
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका रुडीकोट बावनबस्तीका आगलागी प्रभावितलाई स्वतन्त्र युवाहरुको समूहले राहत वितरण गरेको छ । राजधानीमा विभिन्न सामाजिक अभियानमा सक्रिय युवाहरुले गत हप्ता हुम्लामै पुगेर आगलागी प्रभावितका लागि राहत वितरण गरेका हुन् ।
आगलागीबाट घर, लत्ताकपडा, भाँडाकुँडा लगायत नगत तथा जिन्सी जलेर खरानी भएपछि खुल्ला आकाशमुनि बाँचिरहेका आगलागी प्रभावितहरुको लागि संकलन गरिएका लत्ताकपडा, भाँडाकुडा, ओढ्ने ओच्छ्याउने लगायत करिब ७ लाखको सामान हुम्लामै गएर वितरण गरिएको राहत संकलन अभियानका संयोजक मनोज ठकुरीले बताए ।
ठकुरीले घरवारविहीन भएका आगलागी प्रभावितका लागि हितेरी फाउण्डेसन, सामाजिक अभियन्ता अल्बर्ट खड्का, हेम माया फाण्डेसन, सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कडेल, तारादेवी सामाजिक कल्याण कोषका धर्मराज छत्याल, भोलेन्टिअर कर्पस् नेपाल, नेपाली कांग्रेसका ऐन बहादुर शाही र पूर्व सभापति टेकेन्द्र मल्ल लगायतले सहयोग गरेको बताए । यस मानवीय कार्यमा हातेमालो गर्ने सबैलाई युवाहरुले धन्यवाद दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार