नेपाली समाज पनि बदलिएको छ । विडम्बना समाज बदल्ने साधन राजनीति बदलिएको छैन । राजनीतिमा ब्यक्ती बादी गुटबन्दी अनि धर्मशास्त्र जस्तै बनेको छ । पुस्तौंपुस्तासम्म पनि अठारौं शताब्दीमा प्रतिपादित समाजवादी तथा पुँजीवादी चिन्तन अहिले पार्टीहरूको मुख्य राजनीतिक दर्शन बनेका छन ।
यी दर्शनका उत्खननकर्ता र उनीहरूको देशमा समयसापेक्षिक राजनीतिक दर्शनको बहस र प्रयोग भइरहेको छ, तर यहाँका पार्टी बदलिएको समाज र यसको आवश्यकताविपरीत आफ्ना एजेन्डा अगाल्न खोजेका छन् । जसले समाजको रूपान्तरणसँगै बदलिएकाजनआकांक्षाको सम्बोधन हुन सकेको छैन ।
परिवर्तन आत्मसात गर्न सक्ने युवाशक्ति पनि राजनीतिमा समायोजन हुन त्यति सकेको छैन ।सबै जसो पार्टिमा युवाहरू नेतृत्व मा आउन पायका छैनन उनीहरुको केही गर्छु भन्ने अठोट बुलन्द हुन पायको छैन । त्यस्तै नेपाली युवाको अर्को महत्त्वपर्ण समस्या भनेको बेरोजगार हो, लाखौं युवा स्वदेशमा रोजगार नपाएर रोजगारको लागि बिदेसिन विवश भएका छन् ।
अझै लाखौं युवा कामको खोजीमा स्वदेशमै भौंतारिएर बसेका छन् । सिरानीमा उच्च शिक्षा अध्ययनको प्रमाणपत्र राखेर हजारौं ऊर्जाशील,गतिशील, श्रमशील युवाविना काम बस्न बाध्य छन् ।राज्य र कुनै पनि पार्र्टीले युवालाई रोजगार दिने अग्रसरता देखाएका छैनन् । बरु पार्टीले देशमा बेरोजगार समस्या बढाएर बेरोजगार युवालाई आफ्नो पार्टीमा प्रवेश गराई देशमा अस्थिरता उत्पन्न गर्न लागेका छन् ।
राजनीतिको नाममा हुने विभिन्न उच्छृंखल गतिविधिमा निर्दोष युवालाई प्रयोग गरिरहेका छन् ।सिर्जनशील युवा पार्टीमा शक्ति प्रदर्शन गर्ने ढाल बनेका छन् र त्यसैले त एकअर्काविरुद्ध लड्न विवश छन् । देश यसरी अस्थिर हुनुको प्रमुख कारण युवा बेरोजगार र राजनीतिक पार्टीको ढाल बन्नु हो । युवाको अर्को समस्या भनेको कुलत तथा दुव्र्यसन हो ।
आज पनि हजारौं युवा कुलत तथा दुव्र्यसनको प्रत्यक्ष सिकार भएका छन् । उनीहरू विभिन्न लागूपदार्थको प्रयोग गर्छन् । सिरिन्च लगाउने, चरेश, गाँजा र ट्याब्लेट खाने हिरोइन र अफिम खानेलगायतका कार्यमा युवा अग्रसर भएका छन् । कुलत, बेरोजगार तथा संगतका कारण उनीहरू विभिन्न आपराधिक गतिविधिमा पनि छन् ।
हत्या, हिंसा, बलात्कार, लुटपाट, चोरी डकैती, अपहरणजस्ता घटनामा समेत नेपाली युवा मुछिन थालेका छन् । यसप्रकार देश निर्माणका युवाशक्ति कतै पार्टीको ढाल बनेर, कतै बरोजगार त कतै कुलत तथा दुव्र्यसनले आफ्नो उर्वर उमेरमा आफ्नो र राष्ट्रको लागि केही गर्ने समयमा त्यसै बस्न विवश छन् । अन्त्यमा चाणक्यले भने झैं शिक्षित व्यक्ति राजनीतिमा नआउनुको दण्ड यो हुन्छ कि अयोग्य र अशिक्षित व्यक्तिले तपाईंमाथि शासन गर्छन् ।
अतः शिक्षित युवा राजनीति र यसको नेतृत्वमा आएन भने यो एउटा दण्डको भागीदार भइन्छ । यो राष्ट्र संक्रमणकाल र न्यून विकासको अवस्थामा छ । राजनीतिक जटिलतासँगै विकास निर्माणमा पनि जटिलता उत्पन्न भइरहेको छ । युवाको काँधमा जिम्मेवारी छ । हामीले यो समयमा आफ्नो राष्ट्रको निम्ति सोचेनौं भने आउने पुस्ताले धिक्कार्नेछ ।त्यसैले यो जटिल समयमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकका बारेमा एकछिन सोच्नैपर्छ ।
माओले भने झैं– युवा हो यो संसार तिमीहरूको हो, हाम्रो पनि हो, फेरि तिमीहरूकै हो । युवा राजनीतिसँग जोडिएमा मात्र देश विकास हुन्छ ।तसर्थ प्रतेक देश भक्त युवाले राजनिती बुज्न जरुरी छ ।आफ्नो देश बिकास मा सबै सचेत युवा लाग्यौ भने पक्कै रास्ट्र सम्रीधी को बाटो मा लम्किन्छ ।
फेसबुक प्रतिक्रियाहरु