होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • क्वारेन्टिनमा पनि जातिय विभेद
समाचार

क्वारेन्टिनमा पनि जातिय विभेद

  • नागरिक रैबार
क्वारेन्टिनमा पनि जातिय विभेद

गुल्मी । पछिल्लो चरण दलित समुदायमाथि जातिय विभेदका श्रृखलाबद्ध घटना भई रहँदा स्थानीय सरकारले नै स्थापना गरेको क्वरेन्टिनभित्र समेत जातिय विभेद गरिएको छ । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ३ रामकोटमा रहेको आलमदेवी प्राविको क्वारेन्टिनमा रहेका मानिसहरु सुत्ने एकै ठाउँ भान्छा भने बेग्ला बेग्लै रहेको छ ।

हामी हिजो भारतबाट आएर यस क्वारेन्टिनमा बसेका हौं । ईस्मा गाउँपालिका वडा नम्वर ६ अमरपुरका कमल नेपालीले भने, यहाँ साह्रै असुविधा त थियो नै त्योभन्दा पनि पीडा जातिय विभेदको भयो । करिव ३० जना जति छौं त्यस मध्ये दलित समुदाका त्यस्तै बिसु बाइस जना जति छौं । अरु जातिहरुले हामी उपल्लो जाति हो । त्यसैले हामीले बेग्लै पकाएर खान्छौं भनेर आफै पकाउनु हुन्छ । हामी बेग्लै पकाउँछौं ।

उनका अनुसार क्वारेन्टिन भन्नु मात्रै हो । सामाजिक दूरीको मतलव नै छैन । सबै लहरै सुत्ने गरिएको छ । चामल दाल, तेल नुन दिएका छन् । तरकारी आफै किनेर खाऊ भन्छन् । कोही फर्केर आउँदैनन् । असाध्धै दुख छ,त्यहाँ बस्नेहरुले भने । क्वारेन्टिनमा पनि जातिय विभेद भन्ने गुनासो नि भन्ने प्रश्नमा गर्दै ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टललाई ध्यानकृष्ट गराउँदा उनले भने, म आफै क्वारेन्टिनमा छु । जान पाएको छैन । के रहेछ बुझेर जानकारी दिउला ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार