नागरिक रैबार/बाजुरा १६ भदौ। बडीमालिका नगरपालिका वडा नं. ९ का अतिविपन्न परिवारका ७ जना बालवालिकालाई ३ महिने निशुल्क कम्प्युटर तालिम दिईने भएको छ ।
नेकपा बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीको पहल र ९ नम्बर वडाको समन्वय तथा एटुजेट कम्प्युटर सेन्टरको प्राविधिक तथा आर्थिक सहयोगमा वडा भित्रका अति विपन्न परिवारका ७ जना बालवालिकालाई ३ महिने निःशुल्क कम्प्युटर सम्वन्धि तालिम दिईने भएको हो ।
वडा भित्रका ७ जना विपन्न परिवारका एसईई दिएर घरमै बसेका बालवालिकाहरुलाई ३ महिने निशुल्क कम्प्युटर तालिम प्रदान गर्न लागिएको नेकपा ९ नम्बर वडा संगठन कमिटीका अध्यक्ष राजेश विकले बताएका छन् ।
विपन्न परिवारका उनीहरुलाई मार्तडीमा रहेको एटुजेट कम्प्युटर ईन्सिच्युटले ३ महिने कम्प्युटर सम्वन्धि तालिम दिने भएको हो ।
फेसबुक प्रतिक्रियाहरु