चक्र बहादुर अयडी/बाजुरा १९ जेेठ। बाजुरा जिल्लाको त्रिबेणी नगरपािलकामा एक महिलाले क्वारेन्टाइनमै बच्चा जन्माएकी छन् ।
त्रिवेणी नगरपालिका वडा नम्वर ९ पैमा मा रहेको पार्वति माविको क्वारेन्टाईनमा २२ बर्षिया प्रमिला नेपालीले जेठ १९ गते दिउसो बच्चा जन्माएकि हुन ।
वडानम्वर ९ की अनमि लक्ष्मी साउद विस्टले स्वास्थ्य सामाग्रीलिएर दिउसो ४ः४५ मिनेटमा बच्चा जन्माएकी हुन । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अनमि विस्टले जानकारि दिनु भयो । उनि ३ दिन अगाडि भारतबाट आफ्नो परिवार संग आएकी थिइन।
सुत्केरि महिलालाई अलग्गै राखिएको र उनको खानबस्नको र पानिको अलग्गै व्यवस्था गरिएको छ । अहिले पार्वति माविको क्वारेन्टाईनमा जम्मा ८३ जना रहेको वडा कार्यलयले जानकारि दिएको छ बच्च जन्माउनु भन्दा पहिला महिलाको र्या्पिट टेस्ट निगेटिभ देखीए पनि हाल उनलाइ छुट्टै ठाउँमा राखीएको प्रहरी निरीक्षक रोकायाले बताए ।
फेसबुक प्रतिक्रियाहरु